जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ असुरक्षित

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ। जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ। स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ।

आफ्नै भवन भएको ठाउँमा समेत छाना चुहिँदा बस्न योग्य नभएको प्रहरीले गुनासो पटक–पटक गरे पनि मागको सुनुवाइ भएको छैन । चुहिने कच्ची भवनमा सास्तीका साथ दैनिक सेवामा जुटिरहेको प्रहरीले बताएको छ । जिल्ला सदरमुकामको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जीर्ण हुँदा कतिखेर भत्किन्छ भनेर रातभरि प्रहरीलाई निद्रा नलाग्ने गरेको बताउँछन् ।

प्रहरी नगरपालिकाको स्यालामा भाडाको भवनमा बसिरहेको छ । त्यस्तै वडा नं १  रिम्नामा आफ्नै भवन भए पनि खानेपानीको अभावमा समस्या हुँदै आएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक मधु थापाले बताए। भेरी–११ जगतीपुर, वडा नं १२ मटेला, वडा नं १३ मा खरको छानो चुहिने खानेपानी र शौचालयको समस्या रहेको छ । भेरी–३ ठाटीमा भवन अभाव तथा पहिराको जोखिममा रहेका कारण समस्या हुँदै आएको छ । 

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नं ९ पन्चाला दहमा जीर्ण भवनमा बसेर काम भइरहेको र शौचालयको समस्याले गर्दा हैरान भएको प्रहरीले बताएका छन् । बारेकोट गाउँपालिकाको वडा नं १, २, ५ र ८ मा भाडाको भवनमा बस्न बाध्य भएको प्रहरीले बताएका छन् ।

त्यस्तै नलगाड नगरपालिका–८ मैदेमा भाडामा रहेको भवनमा शौचालय नहुँदा समस्या भएको छ ।  वडा नं  ११ मा समेत भाडामै घरमा प्रहरी चौकी छ । कुशे गाउँपलिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा स्नानकक्ष नहुँदा प्रहरीलाई सरसफाइमा समस्या पर्नुका साथै भान्सामा पानी चुहिने हुँदा खाना पकाउन मुस्किल हुने गरेको छ । भाडामा रहेको यस भवन कच्ची माटोले बनेका कारण दैनिक समस्या हुँदै आएको प्रहरीले बताएको छ ।

छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरीको आफ्नै भवन चुहिँदा प्रहरीलाई सुत्न समस्या हुँदै आएको छ । शिवालय गाउँपालिका–१ छेडाचौरमा भान्साघर चुहिँदा खाना पकाउन मुस्किलका साथै खानेपानीको अभावमा भेरी नदीको फोहर पानी पिउन बाध्य भएको प्रहरीले बताएको छ । वडा नं ५ को थालारैकरको भवनसमेत भाडामा रहेको छ।

गाउँमा रहेको प्रहरी चौकीमा बत्ती, खानेपानीलगायतको समस्या हुँदै आए पनि समस्या बुझ्ने कोही नभएको प्रहरीको भनाइ छ । सदरमुकामस्थित जिल्ला कार्यालयबाट गाउँमा रहेका प्रहरी चौकीमा सम्पर्क गर्न खोजे पनि समयमै सम्पर्क हुन नसक्ने अवस्था रहेको जाजरकोटका प्रहरी प्रमुख थापाले बताए । पर्याप्त दरबन्दीसमेत नभएका कारण दैनिक काममा समेत बाधा पुग्दै आएको छ । आकाशमा बादल लाग्ने बित्तिकै प्रहरी चौकीमा सम्पर्क टुट्ने गरेको प्रमुख थापाले जानकारी दिए। बस्न, खानाका साथै सुत्नका लागिसमेत निकै अप्ठ्यारो हुँदै आएको छ।

प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमको सेवाले काम नगर्दा दैनिक काम कारवाहीमा समस्या भोग्नुपरेको प्रहरीले बताएका छन् । गाउँमा कच्ची माटाले बनेका घरमा बसेर सेवा दिँदा आफैँ कतिबेला घर भत्किन्छ भन्ने डरले चिन्ता हुने गरेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ। रासस
 

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...