“बाढीपहिरो” बागमती प्रदेशमा २५ जनाको मृत्यु

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

हेटौंडा–बागमती प्रदेशका बिभिन्न जिल्लामा असारमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । उक्त अवधिमा बाढीपहिरोका कारण बेपत्ता भएका २७ जनाको अवस्था हालसम्म अज्ञात छ ।

बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुलीलगायत जिल्लाका १ हजार ५४ घरधुरी प्रभावित भएका छन् । बागमती प्रदेशका बिभिन्न जिल्लाहरुमा २०७७ सालको यही अवधिमा बाढी पहिरोबाट ३ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । बाढीपहिरोमा बेपत्ता हुनेको संख्या २० जना थियो । गत वर्षको सोही अवधिमा प्रदेशका ४३ घरपरिवार बाढीका कारण प्रभावित भएका थिए ।

गत वर्ष र यस वर्ष एकै अवधिमा बाढीपहिरोका कारण भएको क्षतिलाई समग्ररुपमा तुलना गर्दा यस वर्ष क्षति ९३ प्रतिशत्ले बढी भएको देखिन्छ । सुरुवात चरणमै मनसुन गत वर्षको भन्दा सक्रिय भएका कारण यस वर्ष क्षति बढी भएको बामगमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बागमती प्रदेशमा यसवर्ष बाढीपहिरोका कारण ७ जिल्ला बढी प्रभावित भएका छन् । प्रभावित जिल्लाको अग्रस्थानमा सिन्धुपाल्चोक छ । यस वर्ष सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण ५ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका छन् । बाढीपहिरोमा २० जना बेपत्ता भएका छन् । असार १ गतेबाट आएको बाढीपहिरोले सिन्धुपाल्चोकका ५ सय ५५ घरपरिवारप्रभावित भएका छन् ।

बाढीपहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु राहत तथा उद्धारमा सक्रियरुपमा संलग्न भइरहेका छन् । बाढीपहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका भौतिक सम्पति निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

बाढीपहिरोका कारण अवरुद्ध हुनसक्ने राजमार्गलाई तत्काल सुचारु गर्नेतर्फ प्रहरीले आफ्नो ध्यान केन्द्रित गरेको छ । असारमा बागमती प्रदेशका बिभिन्न जिल्लाका ८५ स्थानमा पहिरोका कारण अवरुद्ध ७ किलोमिटर भन्दा बढी सडक प्रहरीले सक्रियतामा खुलाइसकेको छ ।

बाढीपहिरोबाट क्षति हुनसक्ने सम्भावित स्थानहरुको पहिचान गरी प्रदेश सरकार र बिभिन्न स्थानीय तहहरुसँग समन्वय गरी जोखिम न्यूनीकरण तथा पूर्वतयारीका कार्य भइरहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयको प्रस्तावअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा बाढीपहिरोका कारण निम्तिने विपद्को प्रतिकार्यका लागि आवश्यक पर्ने उद्धारसामग्री खरिद गरि बिभिन्न प्रहरी युनिटलाई बितरण गरिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको विपद् व्यवस्थापन गुल्ममा भएको जनशक्तिलाई बाँडफाँट गरी प्रहरी नायव निरीक्षकको कमाण्डमा काभ्रे र नुवाकोटमा २५ हजार ९ सय २५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी कर्मचारीलाई विपद् उद्धारसम्बन्धि प्रशिक्षण प्रदान गर्नुका साथै आपत्कालीन अवस्थामा तुरुन्त प्रहरी परिचालन हुने गरी स्याण्डबाई राखिएको छ ।

मनसुनको सक्रियतासँगै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बाढिपहिरोका कारण बढी क्षति हुनसक्ने सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली, काभ्रे, नुवाकोट, रामेछापलगायत जिल्लालाई केन्द्रमा राखी प्रहरी परिचालन गरेको छ ।

नेपालमा असार, साउन र भदौलाई मनसुन अवधि भनिन्छ । मनसुन अवधिमा सामान्यता १ हजार ५ सय मिलिलिटर पानी पर्दछ । तर, यस वर्षको मनसुनमा त्यसभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । त्यसैले वर्षा लागेसँगै होचा स्थानहरुमा डुबान हुनसक्ने र भिरालो स्थानमा पहिरोको जोखिम हुने भएकाले सचेत र सुरक्षित रहन नागरिकहरुलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले अनुरोध गरेको छ ।

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...