बी पी र बिचार

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

“इन्दीरा गान्धीको कुरा मान्ने हो भने म भोलि नै देशको प्रधानमन्त्री बन्न सक्छु । तर, प्रधानमन्त्री भै सकेपछि मैले कस्को कुरा मान्ने ? इन्दीरा गान्धीको कि नेपाली जनता को ?”
(सन्दर्भः बी.पी. स्मृति दिवस)
– – – – – – – – – – –
लोकतन्त्र मात्र हैन मुलुकको भविष्य नै अनिश्चयको घेराभित्र पर्न गएको विषम परिस्थितिलाई लिकमा ल्याएर न्यायालयले केही आडभरोसा दिएको बर्तमान अवस्थामा बी.पी. कोइरालाको ३९ औ स्मृति दिवस मनाउदैछौ । बिचारबिहीन राजनीतिले संक्रमित मुलुकको बर्तमान अबस्थामा मनाउन लागिएको ३९ औ स्मृती दिवसमा सदा झै यस पटक पनि बीपी र बीपीका बिचार लाई सम्झने जमर्को गरिएको छ ।

देश र जनताको हितका लागि आजिवन संघर्षरत बीपी आफ्ना महान बिचार र कर्मले नेपालभित्र मात्र होइन, दक्षिण एशियामा नै पुजनीय पात्र बन्नु भएको थियो । प्रजातान्त्रिक ब्यवस्थाले मात्र राष्ट्रको संरक्षण र देश र जनताको हित हुन सक्छ भन्ने आफ्नो आदर्शलाई स्थापित गर्न पद, प्रतिष्ठा र पैसा मात्र होइन, आफ्नो जीवनलाई नै दाउमा लगाउनु भएका बीपीले प्रजातान्त्रिक प्रक्रिया मात्रै होइन, पद्धति पनि हो भन्ने कुरालाई आत्मासात गर्दै आफ्ना बिचार र आदर्श लाई जीवन पद्धति नै बनाउनु भयो । त्यही कारण हो वहां नेपाल र हिन्दुस्थानमा मात्र नभई, विश्वमै सम्मानित नेता हुन पुग्नुभयो ।

बी.पीका बारेमा लेखिएका माथिका कहावतहरु पुष्टि गर्न पत्रकार मणिराज उपाध्यायले बीपीसंग लिएको अन्तर्वार्तामा बीपीले भन्नु भएका यी वाक्य नै काफी छन् । “इन्दिरा गान्धिको कुरा मान्ने हो भने म भोलिनै मुलुकको प्रधानमन्त्री बन्न सक्छु । तर, प्रधानमन्त्रि भै सकेपछि मैले कस्को कुरा मान्ने ? नेपाली जनताको कि इन्दिरा गान्धीको ?”


बीपीको उक्त भावनालाई बीपी पछिको नेतृत्वपंक्तिले बुझिदिएको भए निश्चय नै यो देशको कायापलट हुने थियो । तर, हाम्रो दुर्भाग्य त्यसो हुन सकेन । राजनीतिमा बीपी, माहात्मा गान्धी बाट प्रभावित हुनुहुन्थ्यो तर बाध्यताबस दुबै पटक (२००७, २०३० र ०३१) ज्यादती का बिरुद्व हतियार उठाउनुभयो, जसरी गिरिजा प्रसाद कोइराला गणतन्त्रमा जान बाध्य हुनुभयो । (पुरुषोत्तम बस्नेत–नेपाली कांग्रेसको इतिहासको प्रारुप) ।

विश्व राजनीतिमा बीपीलाई चिनाउने वा उनको हाइट बढाउने काम भने बीपी को बिदेश नीतिले गर्यो । डा अंगराज तिमल्सिनाका यी शब्दले बीपीको बिदेश नीति बुझ्न सकिन्छ । “सन् १९६० को संयुक्त राष्ट्र संघको साधारण सभामा बी पीले भनेको ‘साना राष्ट्रहरुको पनि महत्वपूर्ण भुमिका छ’ भन्ने नीतिगत संबोधनले विश्वभरीको ध्यान नेपालतिर आकर्षित गर्यो ।

सम्बोधनका क्रममा बी पीले शितयुद्धमा होमिएका तत्कालिन अमेरिकी राष्ट्रपति आइजन हावर र सोभियत संघका नेता खुस्चेभलाई विश्व शान्ति, बिकास र निशस्त्रीकरणका लागि तत्काल वार्तामा आउन र शक्ति राष्ट्रहरु समस्या होइन, सामाधानको हिस्सा बन्नुपर्ने स्पष्ट धारणा मात्र राखेनन् स्वाधिनता र स्वतन्त्रताको लडाई लडिरहेका थुप्रै अफ्रिकी देशहरूलाई युरोपेली देशहरूको शोषणयुक्त शासन र प्रभुत्वबाट मुक्तिका लागि बुलन्द आवाज उठाए । बीपीले भने म कुनै नीहित स्वार्थ नभएको सानो राष्ट्रको हैशियतले बोल्दैछु । कुनै शक्तिशाली राष्ट्र समय र इतिहासको कदमभन्दा ठूलो हुन सक्तैन । समय र इतिहास दुबै अहिले स्वतन्त्रताको लडाई लडने साहसिक अफ्रिकीहरुको पक्षमा छन् । सम्बोधन कै क्रममा बीपीले ठुला भनिएका राष्ट्रहरुलाई यसरी चेतावनीसमेत दिन हिच्किचाएनन् ।

बीपी कै शब्दमा “यद्यपी हामी भारतीय, अमेरिकी, सोभियत संघ र बेलायत जस्ता मित्र सरकार र अन्य संस्थाहरु (जस्तो कि राष्ट्र संघ) को सहयोगको स्वागत गर्छौ र यो सहयोग प्रति कृतज्ञ छौ । तर, हामी कुनै देशले नेपालले के सोच्नु पर्दछ वा के गर्नु पर्दछ भनेको सुन्न चाहंदैनौ ।”

विश्व राजनीतिमा दक्षिण एशियाको एकमात्र निर्बिकल्प नेता आफू मात्र रहेको सम्झने नेहरुलाई बीपीको यो हुंकार र भारतलाई उछिनेर इजरायललाई देशको मान्यता दिएर विश्व राजनीतिमा बीपीले कमाएको वाहवाहीले चस्का परेको र २०१७ सालको काण्ड त्यसैको बाइ–प्रोडक्ट हो भन्ने धेरैको बुझाइ छ ।

बीपीको राष्ट्रिय भावना र बिदेश नीति बारे बुझ्न माथिका शब्दहरु यथेष्ट छन् । समाजवादी आर्थिक नीतिका प्रणेता बीपी गान्धीबाट प्रभावित हुनुहुन्थ्यो । शुरु मा मार्कसबाट समेत प्रभावित बीपी परिपक्व हुंदै गएपछि माक्र्सको चिन्तन मानवको सम्पूर्ण बिकासको बाधक हो भन्ने निष्कर्षमा पुग्नुभयो र राजनीतिको मुल आदर्श प्रजातान्त्रिक समाजवादलाई बनाउनु भयो । गाउंको बिकास भयो भने मात्र देशको बिकास हुन्छ भन्ने मान्यता राख्नु हुने बीपीले आफ्नो छोटो शासनकालमा सोही अनुरुपको नीति निर्माण गर्नुभयो र लागु पनि गर्नुभयो ।

वहाले बनाएका केही नीतिहरु पछि तत्कालीन राजा महेन्द्रले लागु गर्ने प्रयत्न गरे तर सफल हुन सकेनन् । भुमी सुधार, गाउं फर्क राष्ट्रिय अभियान आदि जस्ता कार्यक्रमहरु बीपीको गाउंको बिकास गर्ने सपनाअनुरुप बनाइएका नीतिलाई महेन्द्रले आफ्नो कार्यक्रम भनेर लागु गर्ने कोशिस त गरे तर तत्कालिन हर्ताकर्ताहरुले त्यस्ता कार्यक्रमको दुरुपयोग पनि गरे र सफल हुन सकेन । योजना आयोगको कार्यालयमा रहेको राजाको फोटो मुनि शिर निहुर्याएर हलो जोतिरहेको किसानको पनि फोटो राख्नु र त्यही किसानको फोटो हेरेर बिकासको योजना बनाउनु भन्ने बीपीको निर्देशनबाट नै गाउंको बिकासप्रतिको वहाको चिन्तन बुझ्न सकिन्छ । बीपी बहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो, वहां राजनेता मात्र नभएर सफल साहित्यकार, दुरदर्शी चिन्तक, असल अभिभावक, सामाजिक ब्यक्तित्वका धनी हुनुहुन्थ्यो ।

बीपी आफुलाई आध्यात्मवादी सम्झनु हुन्थ्यो । मन्दिर जानुहुन्थ्यो, आत्मा सन्तोष र शान्तिका लागि, तर मुर्ती पुजामा बिश्वास गर्नु हुन्थेन । बीपीले आफुलाई पारदर्शी बनाएर राख्नुभयो । कुनै कुरा पनि लुकाउनु भएन । प्रेमको सम्बन्धमा वहाको भनाइ थियो “मेरो अनुभवको आधारमा म के भन्न सक्छु भने संसारमा बिरलै मानिस होलान जस्को आफ्नो श्रीमतीको अलावा अन्य स्त्रीसंग प्रेम सम्बन्ध नगासिएको होस् । म पनि एउटा साधारण मानिस भएकोले अरुको जस्तै मेरो पनि अन्य नारीसंग प्रेम सम्बन्ध रहेको थियो तर, मेरो स्थायी र दृढ सम्बन्ध भने श्रीमतीसंग नै थियो ।”

बीपी राजनेता मात्र नभएर उच्च कोटिको साहित्यकार पनि हुनुहुन्थ्यो । वहाका कृतिहरुले वहालाई महान बनाएका छन् । वहाका कृतिमाथि दर्जनौ शोधपत्र लेखिएका छन् भने देशमा मात्र होइन् बिदेशी बिश्वबिद्यालयका पाठ्यक्रममा समेत समाबेश गरिएका छन् ।

साराशंमा भन्ने हो भने बीपी कोइराला राष्ट्रबादि शिद्वान्तनिष्ठ, दुरदर्शी, इमान्दार राजनेता हुनुहुन्थ्यो । पदीय हिसावले राजनीतिमा वहालाई असफल नेताका रुपमा पनि हेरिएला तर बिचार र क्षमताका हिसाबले दक्षिण एसियाकै अद्वितीय राजनेता हुनुहुन्थ्यो । तत्कालिन युगोस्लाभीयाका राष्ट्रपति जोसेफ मार्सल टिटोले त भनेका पनि थिए “बीपी दक्षिण एसियाको एक उदाउंदो तारा हो ।”

संयोग नै मान्नुपर्छ बीपी स्मृति दिवसको पुर्वसन्ध्यामा बीपीले बनाएको रहुर्काएको पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । नीति र निष्ठा हराएको राजनीतिको बोलवाला रहेको र आफ्नो हैसियत खुम्चिएको बर्तमान अबस्थामा नियतिले कांग्रेसलाई फेरि सत्तारुढ गराएको छ । कांग्रेस र कांग्रेस नेतृत्वलाई यो एउटा अवसर पनि हो खुम्चिएको कांग्रेसको हैसियतलाई पुर्व अबस्थामा फर्काउने र नेतृत्वमाथि लागेको असक्षयमताको आरोप बाट मुक्त हुने । वर्तमान नेतृत्वबाट जनताको कुनै ठुलो अपेक्षा त छैन । तर, अहिलेको महामारिबाट जनतालाई बचाउने, ओलि राजमा भएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानबिन गरि कारवाही गर्ने र सुशासन दिन सकेमा मात्र पनि कांग्रेस पुर्व अबस्थामा फर्किन सक्दछ । अहिलेको अबस्थामा यहि नै बीपीप्रतिको सच्चा श्रद्वाञ्जली हुनेछ ।

अन्त्यमा,
कालजयी बिचार र व्यबहारका कारण आफुलाई महान मात्र हैन, सर्बकालिन सत्य बनाउन सफल महामानबका कालजयी बिचारलाई यो पिढीले बिर्सदै गए पनि आउने पिढीले ग्रहण गरि व्यबहारमा उतार्ने प्रेरणा प्राप्त होस् भन्ने कामनाका साथ महामानवप्रति हाम्रो तर्फबाट यिनै शब्द श्रद्धाञ्जली अर्पण गर्दै यो आलेखलाई यहि अन्त्य गर्दछु ।
जय नेपाल
(लेखकः बीपी बिचार समाज मकवानपुरका अध्यक्ष हुन् ।)

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...