गोडैतामा माननिय महन्थ ठाकुरद्वारा ४ वटा भवनको उदघाटन, एकको शिलान्यास

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...


राधेश्याम कुशवाहा, २५ फाल्गुन सर्लाही ।।

सर्लाहीको गोडैता नगरपालिकामा लोसपको केन्द्रिय अध्यक्ष माननिय महन्थ ठाकुरद्वारा एकैदिन ४ वटा नवनिर्मित भवनको उदघाटन र एक भवनको शिलान्यास गरिएको छ ।
विद्यालयको बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका बिच गोडैता नगरपालिका वार्ड न. ३ सिमरा भगवतिपुर स्थित श्री जनता नमुना माध्यमिक विद्यालयको नव निर्मित ३ वटा भवन, ३० लाखको लागतमा निर्माण भएको वडा कार्यलयको भवनको उदघाटन र विद्यालयमै नयाँ भवन निमार्णका लागि शिलान्यास गरिएको विद्यालयका प्रधानाध्यापक कामदेव रायले जानकारी दिनुभयो ।

वि.स २०७४ सालमा नुमना विद्यालयको मान्यता पाएका विद्यालयलाई संघिय सरकारको शिक्षा शर्शत अनुदान अन्तर्गत विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि बर्षेनि १ं करोड ५० लाख दरले विगत ३ आर्थिक बर्षदेखि विद्यालयलाई प्रदान गर्र्दै आएको गोडैता नगरपालिकाको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
नमुना विद्यालय वापत प्राप्त भएका रकमबाट करिब अन्दाजी २ करोडको लागतमा २ वटा दुईतल्ले ८ कोठे भवन र एउटा पौने २ करोडको लागतमा दुईतल्ले ८ कोठे भवन निमार्ण गरी संचालनमा आएको विद्यालयको प्रधानाध्यापक कामदेव राय ले जानकारी दिनुभयो ।


निर्माणका लागि शिलान्यास गरिएको भवनको समेत अनुमाति लागत १ करोडकै हराहरीमा रहेका छ, उहाँले भन्नुभयो । विद्यार्थीको चापको आधारमा शिक्षकको अभाव रहेका छन । नमुनाबाट प्राप्त भएको रकमबाट शिक्षक ५ वटा शिक्षक नियूक्ति गरि विद्यालय संचालन गर्दै आएको छु । विद्यालयमा १७ वटा कोटा शिक्षक र ५ वटा निजि स्रोतबाट शिक्षक रहेकामा विषयगतमा गणित, अंग्रेजी र सामाजिक विषयको शिक्षकको आवश्यकता रहेका छन ।
चालु आर्थिक बर्षमा विद्यालयलाई नमुना विद्यालयबाट ७० लाख भौतिक पूर्वाधार निर्माण र ३० लाख शैक्षिक सुधार बापत प्राप्त भएको उहाँले बताउनुभयो ।
वि.स २०५६ सालमा माविको मान्यता पाएका विद्यालयमा १८ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन । गरिब, अतिविपन्न र दलित समुदायका नागरिकहरुका बसोबास रहेका क्षेत्रमा संचालिन नमुना विद्यालयले स्थानिय स्तरमा शिक्षा क्षेत्रमा वरदान सावित हुदै आएको छ, भने दस जोड दुई सम्म संचालनमा रहेको यस विद्यालयबाट दजनौ. गाउँका गरिब बालबालिकाहरु लाभान्वित हुदै आाएको छ । यस विद्यालयमा अध्ययनरत गरेका विद्यार्थीहरु निजामती, डाक्टरी, ईन्जिनियरिंग लगायत देशको हरेक क्षेत्रमा आफूलाई अब्बल सावित गराउन सफल भएको विद्यालयले जनाएको छ ।

विद्यालयको बार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न विद्या पढाई, अनुशासन, नियमित उपस्थिति, गित, संगित खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई सम्मान गरेका छन, भने विद्यालयको शैक्षिक सुधार र विद्यालयम संचालनमा नियमित सरसल्लाह, सुझाव र सहयोग गर्दै आएको अभिभावक र अतिथिलाई समेत सम्मान गरेका छन, त्यस्तै विद्यालयकमा एउटा असल नेतुत्व प्रदान गर्दै शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन बिच सुमधुर सम्बन्ध कायम गरी विद्यालयको उन्नति प्रगतिमा सदैव प्रत्यनशिल प्रयासरत रहेको योगदानको उच्च कदर गर्दै प्रअ कामदेव रायलाई पनि सम्मान गरेको शिक्षक चन्द्रिका रायले जानकारी दिनुभयो ।
विद्यालयमा विद्यार्थीहरुलाई प्रोजेक्टर र स्मार्ट बोर्ड लगायत नयाँ प्रविधिको प्रयोग गरी स्वच्छ र शान्त वातावरणमा पठनपाठन गराउनुको साथै विद्यालयको गतिविधिहरु सिसिटिभीबाट निगरानी गरिने गरेको विद्यालय प्रशासनले जनाएको छ ।


कार्यक्रममा बोल्दै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव विद्यालयको विकासका लागि विगतमा आफू ६ बर्ष अभिभावकको भूमिकामा रही कार्य गरेको परिमाणस्वरुप विद्यालयले नमुनाको मान्यता प्राप्त गर्न सफल भएको भएको बताउनुभयो ।

विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधार निर्माण गरी नमुना सम्मको यात्रामा माननिय महन्थ ठाकुर को समेत अतुलनिय योगदान रहेको चर्चा गर्नुभयो । उहाँको संसदिय कोषबाट २४÷२४ लाखको लागतमा २ वटा भवनको निर्माण गरिएको छ, उहाँले भन्नुभयो । विद्यालयको पर्खाल निर्माण र मन्दिर निर्माण समेत उहाँको पहल र अनुदान रहेको जिकिर गर्नुभयो । विगत दिनलाई सम्झदै सर्लाहीका सबैभन्दा पिछिडिएका दक्षिणी क्षेत्रका
सिमरा भगवतिपुर, बेल्वाजब्दी, मधुवनगोठ र बहादुरपुर लगायत गाविसको दर्जनौ गाउँहरुमा गरिब, अतिविपनन परिवारका बालबालिकाहरुलाई मावि तहका शिक्षा आर्जनका लागि समेत विद्यालय थिएन । स्थानिय स्तरमा नमुना विद्यालय संचालन भएपछि यि गाउँका हजारौं बालबालिका प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो ।
गोडैता नगरपालिकाले शिक्षा क्षेत्रमा जिल्लामै सबैभन्दा बढी लगानी गरेको दाबी गर्दै परिमाणस्वरुप पालिकामा २ वटा विद्यालयले नमुनाको मान्यता पाउन सफल भएको बताउनुभयो । कुनै पनि क्षेत्रको समग्र विकासका लागि शिक्षा, संचार र यातायात विकासको मेरुदण्ड मानिन्छ । त्यसैले गोडैता नगरपालिकाले विकासको यि क्षेत्रहरुमा उल्लेखनिय कार्य गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विश्वेश्वर प्रसाद नुनिय को अध्यक्षतामा भएको कार्यक्रममा अंग्रेजी विषयका शिक्षक चन्द्रिका रायले मुख्य उदघोषण र गणित विषयका मावि शिक्षक विरेन्द्र रायले कार्यक्रमलाई सहयोगीका रुपमा उदघोषण गरेका थिए । उदघोषक शिक्षक रायले स्वागत गित गाएका थिए, भने विद्यालयका विद्यार्थीहरुले गरेको नृत्यले कार्यक्रमलाई थप रोमान्चक बनाएका थिए ।

कार्यक्रममा लोसपको केन्द्रिय अध्यक्ष माननिय महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता माननिय शरदसिंह भण्डारी, लोसपाको मधेस प्रदेश प्रमुख संसदिय दलका नेता पूर्व मन्त्री जितेन्द्र सोनल, भुपु संविधान सभा सदस्य केदारनन्दन चौधरी, सर्लाही क्षेत्र न.४ प्रत्याशी राकेश मिश्र, लोसपा जिल्ला संयोजक रामप्रसाद यादव, दलित विकास समिति उपाअध्यक्ष रामप्रवेश बैठा, वडाअध्यक्ष विजय कुमार यादव, प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार यादव, लेखा प्रमुख रजनिश मिश्र, शिक्षा शाखा प्रमुख प्रमोद यादव, विद्यालयका शिक्षक, विद्यार्थी अभिभाव लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...