सर्लाहीमा सेवा निवृत प्रनाअ गनीलाई विदाई तथा प्रकोनि पुरीलाई स्वागत ।

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

राधेश्याम कुशवाहा, १९ चैत्र सर्लाही । नापी कार्यालय, सर्लाही , मलंगवाका प्रमुख नापी अधिकृत नसीमुल गनी सेवा निवृत्त भएका छन् ।

कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रम आयोजना गरी बाराको वसतपुर गापा–३, निवासी सेवा निवृत्त प्रमुख नापी अधिकृत गनीलाई विदाई गरेको छ ।

केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तथा अध्यक्ष रामदरेश राय यादवले संयुक्त रूपमा कदर पत्र, माला, अविर तथा गम्छा ओढाएर विदाई गर्नु भयो ।
वि.सं. २०५१ बाट निजामती सेवा प्रवेश गरेका प्रमुख नापी अधिकृत गनीले आजदेखि सेवा निवृत्त भएका हुन् ।

उहाँले करिव २८ वर्षको लामो समय नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही काम गरेका थिए । उनी शालीन, स्वच्छ, सरल, सभ्य, मेहनती, बौद्धिक एवं सजग व्यक्तित्वका रुपमा परिचित थिए ।
सो कार्यक्रममा केन्द्रका संरक्षक एवं प्रजिअ गौतम तथा केन्द्र का अध्यक्ष यादवले कोष तथा लेखा नियन्त्रण कार्यालय, सर्लाहीको प्रमुख कोष नियन्त्रकको भर्खरै जिम्मेवारी पाउनुभएका जीवन राज पुरीलाई अविर, माला र गम्छा ओढाएर स्वागत गरे ।

कार्यक्रममा आकर्षक व्यक्तित्व प्रमुख नापी अधिकृत गनीले जागिरे जीवनको भोगाइका कुरा राख्दै कुशलतापूर्वक सेवा निवृत हुन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सेवा निवृत प्रनाअ गनीको दीर्घायु, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । त्यसैगरी प्रमुख कोष नियन्त्रक पुरीको सफल कार्यकालको शुभकामना दिए ।

केन्द्रका अध्यक्ष रामदरेश राय यादवले सेवा निवृत प्रनाअ गनीको सेवा निवृत जीवन समाजसेवामा समर्पित होस् भनी कामना गर्दै भर्खरै प्रमुख कोष नियन्त्रक जीवन राज पुरीको सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रम केन्द्रका अध्यक्ष रामदरेश राय यादवको अध्यक्षता, प्रजिअ थानेश्वर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ, भने कार्यक्रम केन्द्र का सचिव सुनिल कुशवाहाले संचालन गरेका थिए ।

Advertisement

लोकप्रिय