परीक्षा हलबाट भारी संख्यामा मोबाइल फोन बरामद भएपछि केन्द्राध्यक्ष निलम्बन

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

१५ वैशाख सर्लाही।। सर्लाहीको एक माध्यमिक शिक्षा परीक्षा केन्द्रको परीक्षा हलबाट भारी संख्यामा प्रतिबन्धित सामग्री बरामद भएपछि केन्द्राध्यक्षलाई निलम्बन गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीले एक निर्णय गर्दै बरहथवा नगरपालिका वार्ड न.५ स्थित श्री चक्रजनता माध्यमिक विधालय का केन्द्राध्यक्ष रामबहादुर राय लाई निलम्बन गरेको हो ।

चक्र जनता माविको परीक्षा केन्द्रमा केन्द्राध्यक्षकै मिलोमतोमा परीक्षा आचारसंहिताको व्यापक उल्लंघन भइरहेको गोप्य सुचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, बरहथवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा र जिल्ला शिक्षा तथा समन्वय इकाइ, सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहा को नेतुत्वमा गएको संयुक्त अनुगमन टोलिले परीक्षा हलबाट ४७ थान स्मार्टफोन मोबाईल, चिठ्ठ, गाइड, गेस पेपर, नोटबुक र किताब लगायतभारी संख्यामा प्रतिबन्धित सामग्री परीक्षा हलबाट बरामद गरेको थियो।

परीक्षा हलबाट परीक्षा अमर्यादित बनाउने वस्तु बढी नै देखिएकाले केन्द्राध्यक्षलाई निलम्बन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । परीक्षा हलबाट बरामद भएको सबै मोबाईल फोन सिल गरेर ईलाका प्रहरी कार्यलय बरहथालाई बुझाउन केन्द्राध्यक्ष रायलाई निर्देशन दिईएको थियो तर बरामद भएको मोबाईल फोन मध्ये केही थान मोबाईल फोन सम्बन्धित निकायको निर्देशन विना नै अटेरी गर्दै विधार्थीहरुलाई बुझाएपछि केन्द्राध्यक्ष फेर्नुपर्यो, उनले भने । भोलि देखि हुने बार्षिक एसइइ परीक्षाको लागि त्यसै विधालयको सहायक प्रधानाध्यापक मावि तृतीय श्रेणीका स्थायी शिक्षक रामबालक सिंहलाई जिम्मेवारी दिईएको हो ।

यसैगरी निमित्त इकाइ प्रमुख कुशवाहाको टोलिले हिजो नै बरहथवा नगरपालिकास्थित मुक्तेश्वर गणेश मावि मुर्तियाबाट निरीक्षक नम्रता दाहाल, महेन्द्र रत्न जगरनाथ लक्ष्मिनिया मावि सितापुरबाट निरीक्षकद्वय शिला अधिकारी र श्रीकिशुन ठाकुर तथा सरस्वती मावि हजरियाबाट दिनेश दाहाल र रमेश दाहाललाई निष्कासित गरेका थिए ।

परीक्षा हल भित्र मोबाईल फोन फेला परेपछि श्री वेणी भोला नमुना माध्यमिक विधालयमा अध्ययनरत सिम्बल नम्बर ०२२०२६११ U भएका विधार्थी बिक्रम दास कथवनिया को एक दिनको परीक्षा रद्द गरिएको गोडैता नगरपालिका वार्ड न.५ रामवन मावि परीक्षा केन्द्र का केन्द्राध्यक्ष ब्रहमानन्द साह ले जानकारी दिए । हिजो ४७२९ छात्रा ५३१७ छात्र गरि जम्मा १००४५ उपस्थित रहेकोमा १६० छात्रा २१६ छात्र गरि ३७६ जना अनुपस्थित रहेको इकाइ प्रमुख कुशवाहाले बताए ।

२०७८ सालको कक्षा १० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)लाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनीय, र भय रहित बातावरणमा सम्पन्न गर्न जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको मिति २०७९/०१/०७ गतेको निर्णयानुसार शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले ४७ बुंदेआचारसंहिता जारी गरेको थियो।

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...