उम्मेदवार बनेका अभियन्ता महतोलाई सलिता सदाले गरिन एक लाख सहयोग

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

राधेश्याम कुशवाहा, २४ वैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पालिका अध्यक्षमा उम्मेदवारी दिएका मुसहर अभियन्ता राजकुमार महतोलाई एक लाख बराबरको आर्थिक सहयोग प्राप्त भएको छ।

नेपाली काँग्रेसका तर्फबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका महतोलाई सिरहा निवासी मुसहर समुदायकी किशोरी सलिता सदाले एक कार्यक्रमका बिच उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी छिन।

तराई मधेशको अति विपन्न समुदायको दुःख पिडा बुझेको, शिक्षित, अनुभवी र देशविदेश घुमेको राज कुमार महतो जस्तो व्यक्ति स्थानिय तहको चुनावमा जित्नै पर्ने भएकोले आफुले कमाएर बचत गरेको पैसा मुसहर समुदायको तर्फबाट सहयोग गरेको सप्तरी निवासी सलिता सदाले बताईन।

विगत १५ वर्ष देखी पिडामा रहेको समुदाय, ओझेलमा परेको मुदा र संस्कृति सम्पदाको संरक्षणको लागीे आफनो ज्ञान, समय, नेटवर्क र स्रोतसाधन खर्च गरी उहाँले अरुलाई सहयोग गरे। उनले भनिन। आज चुनावी महोलमा उहाँलाई अरुको समय, समर्थन र सहयोगको आवश्यकता रहेकोले त्यसै अनुसार आफुले सके जतिको आफनो स्तरबाट सहयोग गरेकी छु।

भविष्यमा सांसद बन्ने ईच्छा बोकी नेपाल कम्युनिस्ट एकीकृत समाजवादी पार्टीमा सक्रिय रुपमा लागेकी सलिता सदा मुसहरले भविष्यमा पिडामा रहेको गरिब, विपन्न समुदाय तथा देश र जनताको हितमा सदैव कार्य गर्दै जाने बताईन ।

विगत १५ बर्ष देखी समाजिक कार्यमा सक्रिय भएर विभिन्न अभियान संचालन गर्दै आएका राजकुमार महतोले शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियान संचालन गरी ४०० भन्दा बढीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गरेका गर्नुका साथै जग्गा, नागरिकता, सुरक्षित आवास जस्ता विषयमा निःस्वार्थ रुपले कार्य गरेका गर्दै आएको हो।

समाजमा भएका सबै किसिमका असमनता, विभेद र शोषण लाई परास्त गरि सबै समुदाय, वर्ग, लिंग र जाती अटने सभ्य र समृद्ध समाज निर्माणका लागि आफु राजनीतिकमा आएको अभियन्ता राजकुमार महतोले बताए ।

भोक, शोक, शोषण तथा दमनका सिकार भएर सबैभन्दा अन्तिम पिधंमा रहेका मुसहर समुदायको किशोरीबाट प्राप्त भएको सहयोगले आफनो मनोबल उच्च छ, उनले भने ।

मैले जुन समुदायको हक, हितका लागि विगत डेढ दशक भन्दा बढी समय काम गरे आज त्यही समुदायकी किशोरीबाट आर्थिक सहयोग प्राप्तले चुनावमा समेत थप उर्जा प्राप्त मिलेको छ। अगामी दिनमा पनि गरिब, दलित तथा अतिविपन्न परिवारका लागि काम गर्दै जाने बताए ।

Advertisement

लोकप्रिय