पश्चिम नवलपरासीका जननिर्वाचित वडा अध्यक्ष बानियाँ र यादवनै तस्कर

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

नवलपरासी, पुस १९ । पश्चिम नवलपरासीको नेपाल-भारत सिमानाकाबाट तस्करी गराउने सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाका जननिर्वाचित वडा अध्यक्षहरु नै तस्कर रहेको तथ्य बाहिरिएको छ । नेपालबाट भारत र भारतबाट नेपाल तस्करी गराउनेमा सुस्ता गाउँपालिका – ५ का वडा अध्यक्ष प्रभु यादव र प्रतापपुर गाउँपालिका – ५ का वडा अध्यक्ष रमेश कानु बानियाँ रहेको तथ्य बाहिरिएको हो ।

उनीहरुले बिगतदेखि नै तस्करी गरिरहेको स्थानीयहरुले बताएका छन् । स्थानीयबासीको भनाई अनुसार, तस्करहरुको नाम लिनु पर्दा सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको वडा नम्बर – ५ का वडा अध्यक्ष रमेश कानु बानियाँ र प्रभु यादव मुख्य रहेको बताए । जननिर्वाचित वडा अध्यक्ष भईसकेपछि पनि आफ्नो सहयोगी राखेर तस्करीलाई निरन्तरता दिईरहेको आरोपसमेत स्थानीयले लगाए ।

प्रतापपुर गाउँपालिका – ५ का वडा अध्यक्ष बानियाँले झन आफ्नै सहोदार भाई हृयेन्द्र कानु बानियाँलाई जिम्मेवारी दिएर महिनामा करोडौंको तस्कर गराईरहेको तथ्य फेला परेको छ । यस्तै अन्य तस्करहरुमा मोहबद र भक्तिपुरका अनिल गुप्ता, बिरेन्द्र यादवसमेत रहेको एक जना स्थानीयले नाम नखुलाउने शर्तमा बताए । स्थानीयहरुले नेपालबाट भारत र भारतबाट नेपाल तस्करी गराउने धन्दा रोक्नसमेत आग्रह गरे ।

उनीहरुले कवाडको नाममा गाँजा, चरेस, तामा, पित्तल, स्टिल, चाइनाबाट आउने रुइ, टायर ट्यु, जडिबुटी, भुटानी माटो, गहुँ, केराउ, चिनी, टायल, ब्रोइलर कुखुरा, खसीबोका, राँगाभैसीको तस्करी गरिरहेको स्थानीयहरुले जानकारी दिए । सोही जानकारीको आधारमा यस अनलाईनका टिम स्थलगत रिपोर्टिङमा जाँदा कवार्ड कारोबारको नाममा अबैध सामान गाँजा र चरेस र भुटानी माटोकोसमेत तस्करी गरिएको भेटिएको छ ।

सोही क्रममा हाम्रो टिम भक्सिपुर र बुदन्तवापुरको गोदाममासमेत स्थलगत रिपोर्टिङमा पुग्दा स्थानीयले दिएको जानकारी अनुसार कारोबार भईरहेको प्रमाण फेला परेको छ । तस्करहरुले रातीको ११ बजेदेखि २/३ बजेसम्ममा नेपालदेखि भारत र भारतबाट नेपाल सामान ओसारपसार गर्ने गरेको पाइएको छ । तस्करहरुले विभिन्न सिमानाकाबाट तस्करी गरिरहेको छ । यस बिषयमा सुस्ता – ५ र प्रतापपुर – ५ का वडाअध्यक्षहरुलाई हामीले सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रतापपुर गाउँपालिका – ५ का वडा अध्यक्ष रमेश कानु बानियाँ गत स्थानीय निर्वाचनमा जनता प्रगतिशिल पार्टीका उम्मेदवारलाई पराजित गरी राप्रपाबाट निर्वाचित वडा अध्यक्ष हुन् । भने, सुस्ता गाउँपालिका – ५ का अध्यक्ष प्रभु यादव एमालेका उम्मेदवार दिपक जोशीलाई पराजित गरी कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।सभार नवलपुर टुडे डटकम l

Advertisement

लोकप्रिय