कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...


कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।

घटना गत चैत १७ गते शुक्रवारका दिन मध्यरातमा भएको उनले दिएको जाहेरीमा उल्लेख गरिएको छ। जाहेरी बारे विस्तृत जानकारी दिन नमिल्ने भन्दै कपिलवस्तु अदालतका श्रेस्तेदार सुमन पाण्डेयले गत चैत २८ गते फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध यौन दुर्व्यव्यवहार मुद्दा दर्ता भएको बताए। पीडितको गोपनीयताका लागि जाहेरी देखाउन नमिल्ने पाण्डेयले बताए। गत चैत २८ गते भएको यो घटनाका बिषयमा सामाजिक सञ्जाल फेस बुकमा बिभिन्न टिका टिप्पणी भएको छ।

गत चैत्र १७ गते राती १२ बजेको समयमा अस्पतालको फार्मेसीमा कार्यरत महिला कर्मचारी माथि फार्मेसी इन्चार्ज महेश रानाभाटले यौन दुर्व्यव्यवहार गरेको जाहेरीमा उल्लेख छ। आफू ड्युटीमा रहेको बेला मादक पदार्थ सेवन गरी यौन दुर्व्यव्यवहार गर्ने उद्देश्यले करणी आशय व्यक्त गरि संवेदनशील अंग छोएको जाहेरीमा उल्लेख छ। रानाभाटले फार्मेसी भित्र रहेकी महिला कर्मचारीलाई चुक्कुल खोल्न भनेको तर ती महिला कर्मचारीले नमानेको अस्पतालका कर्मचारी श्रोतले बताए।

रानाभाट र ती महिला कर्मचारी बिच भएको संवाद र क्रियाकलापको सिसी टिभी फुटेज अस्पताल मै सुरक्षित छ। महिला कर्मचारीले प्रतिवाद गरे पछि निज फार्मेसी इन्चार्ज रानाभाटले जागिरबाट निकाल्ने धम्की दिँदै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बन्जाडे आफ्नो दाजु र संरक्षक भएकाले आफुलाई कसैले केही बिगार्न नसक्ने बताएको घटना विवरणमा छ। घटनाको तिन दिन पछि अस्पतालमा चैत्र २० गते छलफल हुदाँ आरोपितले कसुर स्विकार्दै लिखित गरेको विषय जाहेरीमा छ। आक्रोशित बनेका महिला कर्मचारीका आफन्तले रानाभाटलाई अस्पतालमा कुटपिट समेत गरेका थिए।

चैत्र २१ गते निज महिला कर्मचारीले अस्पतालका प्रमुखलाई घटनाको छानबिन र कारवाहीको माग गर्दै निवेदन समेत दिए पछि चैत्र २२ गते अस्पतालका डाक्टर गणेश क्षेत्रीले विगतमा आफूहरूले अस्पतालमा भएका यस्ता यौन दुर्व्यवहार र करणी भएको भनिएका घटना पनि अस्पताल भित्रै मिलाएको भन्दै घटना सामसुम पार्न दबाब दिएको जाहेरीमा उल्लेख गरिएको छ। अस्पताललाई दिएको निवेदनको बोधार्थ प्रशासन कार्यालयमा दिएको उल्लेख छ। डाक्टर क्षेत्री र ती महिला कर्मचारी बिच झन्डै १८ मिनेट लामो संवाद भएको थियो। त्यसको रेकर्ड समेत उनीसंग छ। अस्पतालमा ड्युटीमा रहेकी महिला कर्मचारी माथि उक्त कसुर गरेको आरोप लागेका व्यक्तिलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को उपदफा (१) र (२) को आधारमा मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ४३ को उपदफा १ को (ग) बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैया सम्म जरिवानाको माग दावी सहित हदै सम्मको सजाय माग गर्दै मुद्धा दर्ता गराएको देखिएको छ।

सामाजिक सञ्जालमा घटना बारे टिका टिप्पणी सुरु भए पछि अस्पतालले चैत्र २६ गते प्रेस विज्ञप्ति जारी गरेको थियो। यस अघि पीडित महिला कर्मचारी र उनका परिवारले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिन खोजे पनि कपिलवस्तु प्रहरीले जाहेरी नलिएको गुनासो गरे। प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले यौन हिंसा देवानी प्रकृतिको मुद्दा भएकाले प्रहरीले हेर्न नमिल्ने भएकाले नै आफुनै ती महिलाको परिवारलाई अदालत जान सुझाव दिएको बताए। उता अस्पतालका डाक्टर क्षेत्रीले आफूले ती महिला कर्मचारीलाई घटना बारे जानकारी लिएर सम्झाउन मात्र खोजेको दाबी गरे। अस्पतालका मेसु किशोर बन्जाडले ती महिला कर्मचारीको उजुरीका आधारमा सत्य तथ्य छानबिन गर्न अस्पतालले ३ सदस्यीय छानबिन समिति गठन गरेको बताए।

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...