नागरिकमैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी वहन गर्नुपर्ने प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै नागरिकमैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको शुक्रबार निरीक्षण भ्रमण तथा उक्त कार्यालय एवम् मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनु भएको हो ।
निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्न एवम् अपराध अनुसन्धान तथा नियन्त्रणको लागि सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीको काम कर्तव्य, जिम्मेवारी, अधिकार एवम् प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण तथा व्यवहारमा सुधार ल्याई संगठनको हित र विकासलाई सदैव प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अनुचित लाभमा शून्य सहनशिलता नीतिलाई अबलम्बन गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै उहाँले हिरासत व्यवस्थापनमा थप संवेदनशील भई कार्य गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा सो कार्यालय मातहत इकाईमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला समन्वय समितिका प्रमुख, सन्धिखर्क नगरपालिकाका प्रमुख, अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी, पूर्व उपसभामुख पुष्पा भुसाल, जिल्लास्थित राजनीतिक दलका प्रमुखहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा जिल्लामा क्रियाशील संचारकर्मीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, चेम्बर अफ कमर्शका अध्यक्ष र स्थानीय बुद्धिजिवी लगायतहरुसँग जिल्लाको शान्ति सुरक्षा तथा समसामयिक विषयमा शुक्रबार छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।

Advertisement

लोकप्रिय