वडाअध्यक्ष पालले एकल महिलालाई गर्छन् पटक–पटक शारीरिक सम्बन्ध बनाउन प्रस्ताव

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट, १४ जेठ । रौतहटको बृन्दावन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष मदन पालले गाउँकै एक एकल महिलालाई पटक–पटक यौंन प्रस्ताव राख्दै आएका छन् ।

वडा अध्यक्ष पालकै छिमेकी एक महिलाले यस्तो आरोप लगाएकी हुन । वडाअध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमैराकी एकल महिलाई यौंन प्रस्ताव गर्ने गरेको ती महिलाले आरोप लगाएकी हुन् ।
६ वर्ष पहिला साना किसान कृषि सहकारी संस्था धमैराबाट घर परिवार चलाउन श्रीमानले ३ लाख रुपैयाँ कर्जा लिएका थिए । धमैरामा १३ धुर जग्गामा घर बनाएर बसोबास गर्दै आएको जग्गा साना किसान कृषि सहकारी संस्था धमैलामा राखेर ऋण लिएको पाँच वर्षपछि श्रीमानको मृत्यु भएको थियो ।

सो पैसा ब्याज र सावा सहित अहिले पाँच लाख पुगेको छ । त्यो बेला पालले नै साना किसानबाट ऋण निकाल्न सहयोग गरेका थिए । अन्दाजी ३५ वर्षकी ती महिला पत्रकारहरु सँग कुराकानी गर्दै गाउँको जेठाजु समेत पर्ने वडाअध्यक्ष पाल ऋण मिनाहा गराई दिने र मुद्दा मलाई दिने भन्दै रातीको ११, १२ बजेतिर गाउँ नजिकै रहेको पुल तथा खेत तिर बोलाउने गरेको आरोप लगाएकी छन् ।

करिब ६५ वर्षका उमेरका वडाअध्यक्ष पालले आफुले भनेको ठाउ आँउदा ऋणनै माफ गराइदिने कुरा गर्ने गरेको महिलाको आरोप रहेको छ । पालले बोलाएको ठाउमा न गएमा भिविन्न बहाना बनाएर धम्की समेत दिने गरेको ती महिलाले बताईन ।
वडाअध्यक्ष पाललेनै गाउँकी एक छिमेकीको सँग समान्य वादबिवाद हुँदा छिमेकीको बुहारी पर्नेको गर्भपतन भएको भन्दै प्रहरीमा उजुरी दिन लगाएर ७ लाख विगो दावी गरेका थिए ।

सो समय आफुलाई थुनामा समेत राखेपछि नातामा नाति पर्नेले ९० हजार धरौटीमा छुटाएर ल्याए पनि वडाअध्यक्ष पालले झुक्याएर आफु र श्रीमान सँग पनि ३ लाखको कपाली तमसुक कागज समेत बनाएको महिलाले आरोप लगाईन् । जसो तसो श्रम गरेर चार जना बाल बच्चा पालिरहेकी ती महिलालाई वडा अध्यक्ष पालले यतिबेला घर खाली गर्न समेत दवाव दिने गरेको आरोप लगाएकी छिन् । गत स्थानिय तह निर्वाचनमा नेकपा एसबाट निर्वाचित वडाअध्यक्ष पालले राती डर लगेमा दिनको समयमा चन्द्रनिगहपुरको होटलमा जान समेत प्रस्ताव गर्ने गरेको आरोप ती महिलाले लगाएकी छन् । आफु सँग यौन सम्बन्ध नराखेमा बलात्कार समेत गरेर मर्ने धम्की दिने गरेको महिलाको आरोप छ ।

तर, यस विषयमा वडाअध्यक्ष पालसँग बुझ्दा यो आरोप गलत रहेको बताएका छन् । उनले आफु कुनै बेला ती महिलालाई फोन समेत नगरेको दावी गरेका छन् । वडाअध्यक्ष पालले भने, यो कसैले षडयन्त्र गरेर आफुलाई फसाउने प्रयास गरेको बताएका छन् । आफु ती महिला सँग कहिलै नबोल्ने र फोन समेत नगरेको दावी गरेका हुन् ।

Advertisement

लोकप्रिय