पूर्ण खोप ईशनाथ नगरपालिका घोषणा कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

मो.मोजिबुल्लाह

रौतहट जेष्ठ १ ।। दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोपपछि रौतहटको ईशनाथ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०८० र०८१ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समुहका सबै बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रकृया भएको आधारमा ९ वडा रहेको नगरपालिकालाई बिहीबार जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअजोध्याले पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७र०७८ मा नगरपालिकालाई ७११ जना बालबालिकालाई सबै खोपको मात्रा दिनुपर्ने लक्ष्य दिएकामा ९६ प्रतिशत अर्थात ६३० बालबालिकाले सबै किसिमका खोप पाएको निश्चित गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक रवीन्द्र झाले बताए ।

जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोग बिरुद्धको खोपको मात्रा पुर्णरुपमा पाएको आधारमा रौतहट जिल्लाकै १० औ पुर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ ।

१६ महिनादेखि २३ महिनाका सबै बालबच्चाले सबै किसिमका खोप पाइसकेपछि नगरका हरेक वडा खोप समन्वय समितिले पुर्ण खोप सुनिश्चितता वडा बनेको उल्लेख गर्दै नगर स्वास्थ्य शाखा समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा नगर खोप समन्वय समितिको ३२ जेष्ठको बैठकले नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणाका लागि उपयुक्त भएको सिफारिस जिल्ला खोप समन्वय समिति समक्ष गरेको थियो ।

नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको र्‍याण्डम अनुगमनपछि जिल्ला खोप समन्वय समितिले ३२ जेष्ठमा पुर्ण खोप सुनिश्चितता घोषणाका लागि पत्र दिएको आधारमा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको संयोजक रवीन्द्र झाले बताए ।

नगरपालिका घर भएका तर हाल बाहिर बसिरहेका बालबच्चाले समेत सबै किसिमका खोप पाएको सुनिश्चित गरिएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताएका हुन ।

Advertisement

लोकप्रिय