रौतहटमा रोकिएन तस्करी , तल देखि माथि सम्मको संलग्नता।

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट। श्रावण २०। रौतहटमा अवैध कारोबार तस्करी नियन्त्रण गरिनुको साथै झन तीव्र रुपमा बढ्दै गएका छन ! प्रदेश र प्रतिनिधि सभाको निर्वाचन संपन्न भए लगतै अवैध रुपमा हुने कारोबार तस्करी तथा रक्सी भट्ठी खुलेयाम संचालनमा आएका हुन ! सीमावर्ती भारतीय बाजार बैरगनियाबाट मुख्य नाका भएर प्रहरीको संरक्षणमा खुलेयाम भारतीय टेम्पो मार्फत भारतीय सामानहरु नेपालमा भित्रयाइने कार्य भई रहेको हो ! भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र भन्सार कार्यालयका कर्मचारीहरुले लाइन दिएपछि नेपाल भारत सीमामा निर्माण भएका पक्की पुलको दक्षिण तथा भारतीय कस्टम देखि उत्तर विच ठाउमा ल्याई राखिएको सामान गौर बाजारमा ल्याउने गरिन्छ ! गौर भन्सारमा केही महिना पहिला लक्ष्मीपुर देखि बंकुल सम्म प्रमुखको जिम्मेवारी सम्हालेका शस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक शुर्य तिमिल्सिना केही महिना नाकामा कडाइ गरेता पनि अहिले चोर नाकाहरुबाट धमाधम लाईन खोलाई तस्करी बढेको स्थानीयले बताएका छन्। गौर भन्सारबाट तथा चोर नाकाहरुबाट तस्करी नियन्त्रण गर्न भन्सार सुरक्षा गार्डको कमान्ड प्रहरी सहायक निरिक्षकको थियो । तर तस्करी नियन्त्रण नहुँदा प्रहरी नायव निरिक्षक सिकेन्द्र साहको नेतृत्व हुँदा पनि तस्करी नियन्त्रण नभई झण बढेको स्थानीयहरुले बताएका छन्। सदरमुकाम गौरको छेउमै रहेको महादेवपट्टी भन्दा पश्चिम लालबकैयाको केरावारीबाट लाखौं मुल्य बराबरको कपडाको तस्करी भइरहेको बुझिएको हो। भने भारत बिहार राज्यको रौतहट संग सिमा जोडिएको बैरगनियाकी कुख्यात तस्कर किरण भन्ने आईमाईले नेपाल प्रहरी र शस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा लाखौंको तस्करी गरिरहेको स्थानीयले बताए। गौर भन्सारको मेन नाकामा सिसिटिभी क्यामेरा जडान पश्चात् सुरक्षाकर्मीहरुले मेना नाकामा कडाइ गरी तस्करहरुका लागि चोर नाकाहरु सुचारू गरेकाछन्। भने गौरको पुर्व रहेको लक्ष्मीपुर बेलबिक्षवा, औरैया, महुलिया ,बन्जरहा जस्ता खुला नाकाहरुबाट राज्यको कर छलेतापनि खुला सिमानामाबाट खुल्याम तस्करी रौतहटको जिल्लाको गौर भन्सार नाकाबाट बेलाबेलामा सानोतिनो तस्करी भई रहदा पनि ठुल-ठुला तस्करका लागि सुरक्षाकर्मी कै सेटिङ्गमा चोर नाकाहरु रात्रीका लागि खुला गरिए नाम नलेख्ने सर्तमा बताएका छन्। औरैयाको भैसी तस्कर नागेन्द्र साह र बैरियाको सदरे आलमले शस्त्र प्रहरी औरैया लाई मासिक कोसेली बुझाई लाखौं लाख भैसी तस्करी गरिरहेको स्थानीयले बताएका छन । बोर्डरमा भारतीय सिमा सुरक्षा बलका जवान तथा कस्टम कार्यालयका कर्मचरिहरु ड्यूटी गरिरहन्छन तरपनि तस्करी कार्यमा समलग्न भएको तस्करहरुले भारतका प्रहरी प्रसाशनको प्रमुख तथा नेपालका प्रहरी प्रसाशनको ठूला बड़ा हाकिमलाइ मिलाएक‍ो कारण तस्करी खुल्याम भईरहेको स्थानीयले बताउँछन् । रौतहटको पश्चिमी नाका जितेन्द्र साहले रुपैयाँको हुण्डी र प्रतिबन्धित अौषधीको खुल्याम तस्करी गरिरहेको नाम नखोल्ने सर्तमा बताएका छन। भने बंकुल नाकाबाट भारतीय तोरीको पिना ट्रक कै ट्रक तस्करी गरि मधेस प्रदेशको ८ अोटै जिल्लामा नेपाली बिलबिजक बनाई सपलाई गर्ने गर्छन्। भारतको बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालवाट सुरक्षाकर्मीको संरक्षणमा शौफी नामक रक्सी र ब्रान्डेड रक्सी तस्करी गरि लैजाने कार्य भइरहेका छन ! रौतहटमा नेपाल प्रहरी र शस्त्र प्रहरीको प्रदेस बाट केही मात्रामा सादा पोसाकमा घुम्ने प्रहरीले झन रौतहटमा तस्करी गराई रहेको र देश आर्थिक संकट संग जुद्धि रहेको बेला राज्शव चुहावटमा कुनै कसर बाँकी नछाडेको स्थानीयले बताएका छन्। रौतहट जिल्ला तस्करीमा पुरै बदनाम रहेको हुँदा शस्त्र प्रहरी तस्करी नियन्त्रणमा जोड दिएपनि १ दुई महिना कट्दा पुणह पुरानै ढाँचामा तस्करी झण बढाउने र सर्वसाधारणलाई दुख दिने गरेको स्थानीयहरुले बताएका छन्। दशगजा क्षेत्रमा रक्सी भट्ठी सञ्चालन रहेको अवस्थामा पनि रौतहटका स्थानीय प्रसाशनले कुनै चासो देखाएका छैन ! भारतीय सिमा क्षेत्रबाट ५ सय मीटर भित्रमा रक्सी विक्री वितरण तथा उत्पादन गर्न प्रतिवंध लगाइएको सुचना सार्वजानिक गरिए पनि त्यसको पूर्ण कार्यान्वयन भएको देखिँदैन ! बोर्डर छेउमा रहेको रक्सी पसलहरुमा प्रती दिन पिकअप भरी बोर्डरमा रहेको सो पसलहरुमा पुग्ने गर्छन् तर सोही रक्सीहरु रात्रीकालिनमा सुरक्षाकर्मीहरुको सेटिङ्गमा भारतको विभिन्न राज्यमा पुग्ने गरेको स्थानीयले बताएका छन।

Advertisement

लोकप्रिय

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...