रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको झड्पमा एक युवकको मृत्यु भएको हो ।

शुक्रवार बेलुका साढे सातबजे दुई पक्षबीच भएको झडपमा कटहरिया ५ का मदन यादवका छोरा २५ वर्षीय सनील राय यादवको मृत्य्ु भएको हो । छुरा प्रहारबाट यादवको हत्या भएको प्रहरीको भनाई छ ।

कटहरियास्थित खानेपानी कार्यालय छेउमै सुनील यादवका दाजुभाई र अर्को पक्षबीच भनाभन हुँदै झडप भएको थियो। झडपको क्रममा विपक्षीले सुनील यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेपछि उनी भुँईमा लडेर अचेत भएका थिए। लगत्तै स्थानीयले उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको सई रामछवेला यादवले बताए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनका काका लक्षमी साहको छोरा २३ वर्षीय किसन साहलाई नियन्त्रणमा लिएको छ। मृतक यादवको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौर लैजाने तयारी भइरहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ओमप्रकाश खनालले बताए।

दुवै परिवारका बालकहरुबीच शुक्रवार खेल्ने क्रममा भएको सामान्य गालीगलौजको विषयलाई लिएर भनाभन हुँदा झड्प भएको थियो । घटनामा रामबाबु साह, लक्षमी साह दाजुभाईको परिवारको अन्य केही सदस्यको संलग्नता रहेको तथा उनीहरूको खोजी भइरहेको डिएसपी खनालले जानकारी दिए।

पक्राउ परेकाहरुले लागुऔषध प्रयोग गर्ने गरेको स्थानीयहरूले बताएका छन्।

Advertisement

लोकप्रिय