रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पछिल्लाे समाचार

संविधानसभाबाट संविधान निर्माण नेपालको ऐतिहासिक

असोज ३ ।। संविधान दिवसको अवसरमा देस परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति...

रौतहटको कटहरियामा छुरा प्रहार गरी युवकको हत्या, २ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्य भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ मा आपसी विवादको विषयलाई लिएर भएको...

रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट...

क्रिक्रेटर आशिफ शेखमाथि प्रहरीले भन्ने रितपुर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको...

मुस्लिम आयोगले सर्लाही मलंगवा घटनाप्रतिको गम्भीर चासो

रौतहट ।। मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र...

रौतहट अफताब आसमी । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना५१ पा ४९४१ को मोटरसाइकललाई ठककर दिदाँ चालक फतुवा बिजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो।

तीव्र गतिमा रहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोप समेत लगाएका छन् ।
ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको छ भने मोटराइकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
घटनालगतै ट्रक चालक बारा निजगढ ६ का मुकुन्द पोखरेल माथि स्थानीवासीले हातपात गरेका थिए । पोखरेललाई इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताए।
झडपमा प्रहरी कार्यालय को झ्यालको सिसा फुटेका छन् भने केही प्रहरी घाइते भएका छन् । ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगंज अस्पताल पठाइएको प्रहरीले बताएको छ।
घटना भएलगत्तै अपरान्ह ३ बजेदेखि नै मृतकका आफन्तले बन्कुल निजगढ सडकखण्ड अन्तर्गत सन्तपुर दोस्तिया चौकमा शव तेर्साएर बाटो अवरुद्ध गरेका छन्।
उनीहरुले दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित नारबाजी गरेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरी बेस क्याम्पबाट दर्जनौं प्रहरी घटनस्थलमा पुगेका छन् ।
इन्स्पेक्टर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। अहिले पीडित पक्ष र प्रहरी बीच वार्ता भइरहेको छ।

Advertisement

लोकप्रिय