हेटौंडा : केहि दिन अघि सिन्धुली जिल्लााको चुरे क्षेत्रमा पर्ने मरिन र कमला खोचमा कार्यालयको कामले दुइ दिन जति घुम्ने अवसर पाएको थिए।

सिन्धुलीको मरिन र कमला खोच अनि डडेल्धुराको रंगुन खोच नदिले बनाएका मुख्य खोच हुन । देशको कुल क्षेत्रफल को १२.७८ प्रतिशन क्षेत्रफल ओगट्ने चुरे समुन्द्र सतह देखि १२० मिटरको सप्तरीको ठेलिया देखि १९७२ मिटर कैलालीको भासुभिर सम्मको उचाईमा फैलिएको छ । पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्मका ३६ जिल्ला फैलिएको छ भने मकवानपुर,चितवन,नवलपरासी पूर्व र पश्चिम, दाङ र बाँके जिल्लाहरुमा दुइवटा शृंखलाहरु छन ।

झन्डै चार करोड वर्ष अघि हिमालयको उत्पतिको क्रममा नदिजन्य पदार्थहरु थुप्रिएर एउटा पहाड बन्यो, हिमालय पर्बत अग्लिदै जाँदा हिमालय र हिमालपारिको तिब्बती पठारबाट बगेर आउने गेग्रान र थेगर थुप्रिएर कालान्तारमा चुरे बनेको बिस्वास छ । चुरे पातलो माटोबाट बनेकाले कमलो र कमजोर अवस्थामा छ । पछिल्लो युगबाट थुप्रिन सुरु गरेका गेग्रान र थेगरहरुले बनेका पत्रे चट्टानहरु भएकाले चुरेका चट्टानहरु खदिला छैनन । त्यसैले छिट्टै क्षयीकरण हुन्छ । चुरेमा विशेष गरि बलौटे ढुंगा, माटे ढुंगा पाइन्छ । यी चट्टान बाहेक ठुला नदीका किनारमा खुकुलो गरि बसेका गेग्रानजन्य थेगरको बाक्लो थुप्रो टारका रुपमा बसेको पाइन्छ । चुरे भू क्षयका हिसाबले संबेदनशिल हुनाले धेरै भार थेग्न सक्दैन ।

खोलाहरुमा बालुवा पानीसंगै बग्ने भएकोले गाडी अघि बढ्न सकेन, सहायक बन अधिकृत दाइ नारायण बहादुर कार्की अस्वस्थ भएको हुनाले  पैदलै म एकजना सहयोगी लिएर अघि बढे । करिब १० पटक खोला तरेपछि म कार्यस्थल पुगे । खोला तर्दा बालुवामा खुट्टा गाडिन्थ्यो, एकछिन खोलामा अडियो भने बालुवाबाट खुट्टा निकाल्न गाह्रो हुन्थ्यो । करिब करिब पानी र बालुवा आधी आधी जस्तै गरि बग्दै थियो यो सामान्य मौसममा समेत । अघिल्लो वर्ष पनि यो भन्दा केहि तल्लो क्षेत्रमा रहेको सर्लाहीको परवानीपुरसम्म चुरेमा करिब ४० पटक खोला तर्दै चुरे पहाड उक्लिएको थिएँ। तर नदीले बनाएका केहि बिचित्रका खोचहरु यसपालि देख्ने अवसर पाए । आकाशबाट वा सरसर्ती हेर्दा चुरे हरियो देखिएपनि चुरे छियाछिया छ । म सोच्दै थिएँ, बिकाशले गति नलिएका यस्ता सम्बेदनशील भू भागहरुमा हाम्रो जस्तो अबिबेकी बिकाशका निर्णयहरुले कस्तो भू–स्खलित गराउला ।

चुरे क्षेत्र MBT(Main Boundry Thrust)/MFT(Main Frontal Thrust) दुईवटा दरार बिचमा फैलिरहेको हुँदा यसमा भू स्खलनको जोखिम पनि छ । चुरेको जम्मा छेत्र मध्ये ३४.१२ प्रतिशत उच्च संबेदनशिल, ४१.३६ प्रतिशत मध्यम संबेदनशिल र २४.५२ प्रतिशत न्युन संबेदनशिल क्षेत्र पर्छ ।

सरकारले आ.ब. ०६६ र ०६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बन मन्त्रालय मार्फत लागू ग¥र्यो । र आ.ब. ०७०र०७१ देखी राष्ट्रिय गौरबको आयोजना घोषणा ग¥यो । २०७१ साल असार २ मा पुर्बदेखी पश्चिमसम्मको क्षेत्रलाई नेपाल सरकारले चुरे सम्रक्षण क्षेत्र घोषणा ग¥योसंगै ६ सदस्यीय राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति घोषणा ग¥यो र उपसमिति मार्फत चुरे, भावर, तराई र दुनलाइ एउटा भू परिधिमा राखेर समग्र ब्यबस्थापनका प्रयासहरु अघि बढाएको छ । त्यसैगरी २०७४ जेठ ४ गते मन्त्रिपरिषदबाट स्वीकृत गरि २० बर्से चुरे तराई मधेश संरक्षण तथा ब्यबस्थापन गुरुयोजना लागू ग¥र्यो र पहिलो ५ वर्षमा ६४ नदी प्रणालीको एकिकृत नदी प्रणाली ब्यबस्थापन योजना समेटिएको छ ।

चुरे क्षेत्रबाट निस्केको खोलाहरुले भावर र तराई क्षेत्रको पानि रिचार्ज गर्ने गर्दछ । काठ, दाउरा, गिट्टी र बालुवा मात्र नभई चुरेबाट सफा पानी पनि हो । यस क्षेत्रमा नेपालमा पाइने ५५ प्रकारका बन मध्ये ९ प्रकारका बन, २७ प्रकारका चराका वासस्थान मध्ये १४ वासस्थान, २१९६ प्रजातिका प्राणी मध्ये १३०८ प्रजातिका प्राणीहरु यसै क्षेत्रमा पर्छन । त्यसैले जैविक विविधताका दृष्टिले चुरे अति धनि छ । चुरे क्षेत्र सामाजिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक हिसाबले महत्वपूर्ण छ यसले पहाड र तराईलाइ जोड्नुका साथै पूर्व पश्चिम लगातार फैलिएको एक मात्र जैविक मार्ग हो, दक्षिणतिर समथर फैलिएको तराईका लाखौ जनताका लागि पानी संचित गरि जलभण्डारमा सहयोग पुग्छ । महाभारत र तराइको बिचमा अवस्थितचुरे क्षेत्र परिस्थितिक सेवा र पर्यटनका लागि पनि महत्वपूर्ण छ । समग्रमा चुरे तराई मधेशको रक्षा कवज हो ।

हाल चुरे क्षेत्र भएर काठमाडौँ–तराई जोड्ने द्रुत मार्ग, मदन भण्डारी लोकमार्ग, सेती लोकमार्ग, खुटिया–दिपायल सडक आयोजना, कर्णाली–अछाम सडक आयोजना, धरान–चतरा सडक आयोजना आदि योजना निर्माणाधीन वा निर्माण हुने क्रममा छन् । चुरे फेदीमा धमाधम विकाशका काम भइरहेका छन्। तेघरीस्थित राजधानी र निजगढ विमानस्थल बिबादमै छन । हिजो भयो, पछि फर्कने समय छैन, आज मरिन र कमलाका बिशेस खोच मात्रै होइन समग्र तराई भावर  जोगाउन पनि चुरे जोगाउनु आवश्यक छ, एकिकृत नदी प्रणाली स्रोत ब्यबस्थापन पूर्वाधार, उपल्लो जलाधार क्षेत्रका भू स्खलनग्रस्त क्षेत्र स्तरीकरण, नदि कटान तथा डुबानबाट क्षति न्यूनीकरण गर्दै हरित अर्थतन्त्र सहितको दिगो बिकास हाम्रा लागि साच्चैका निर्विकल्प योजना बन्नुपर्छ ।

(हाल हेटौडा)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here