हेटौंडाः शिक्षा क्षेत्रमा सुधार र शिक्षकका अधिकारहरु समेटिएको २६ बुँदे माग पूरा गराउन दवाव दिँदै नेपाल शिक्षक महासंघ मकवानपुरले आज ३ नम्बर प्रदेशको हेटौंडामा रहेको सामजिक विकास मन्त्रालय घेराउ गरेको छ ।

महासंघको तेस्रो चरणको कार्यक्रम अन्र्तगत आज सबै प्रदेशका सामाजिक विकास मन्त्रालय घेराउ गर्ने क्रममा ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय पनि घेराउ गरेको हो । 

महासंघ र सरकारबीच विगतमा भएको सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, शिक्षकहरुको ग्रेडको सुनिश्चितता गर्नुपर्ने, उच्च माविमा कार्यरत शिक्षकको दरबन्दी कायम गर्नुपर्ने, इसिडी तथा विद्यालय शिक्षकको दरबन्दी कायम गर्नुपर्ने लगायतका माग शिक्षकले राखेका छन् । 

त्यस्तै, संविधानमा व्यवस्था गरिएको निःशुल्क शिक्षा कार्यान्वयनमा ल्याउनुपर्ने शिक्षकहरुको माग छ । 

यही सरकारले बनाएको संविधानमा आधारभूत र उच्च शिक्षा निःशूल्क व्यवस्था गर्नुपर्ने उल्लेख भएपनि शिक्षा क्षेत्रमा ठूलो आर्थिक चलखेल भइरहेको र शिक्षालाई ठूलो व्यापारिक केन्द्रको रुपमा स्थापित भइरहेको महासंघको आरोप छ । 

स्थानीय सरकारले आधारभूत शिक्षा र संघीय सरकारले उच्च शिक्षा निःशूल्क बनाउनुपर्ने माग शिक्षक महासंघको छ । संविधानमा भएको व्यवस्था लागु गर्नुपर्ने लगायको माग राखी आन्दोलन गरिएको महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाले बताए । 

शान्तिपूर्ण र्याली सहितको विरोध कार्यक्रममा ३ नम्बर प्रदेशका विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकहरु सहभागी छन् ।

किन आन्दोलनमा आउनुपर्यो त शिक्षक? नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापा यसो भन्छन् । 

सामाजिक विकास मन्त्रालय घेराउ गर्न निस्किएको शिक्षकको र्याली 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here