सिरियाको एलेप्पोमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा चार जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो । भवनमा च्यापिएका एक बालकको भने उद्धार गरिएको छ । बम बिस्फोटका कारण जीर्ण बनेको भवन एक्कासी भत्किएको हो । सिरियाको एलेप्पो शहरको सल्लाहदिन क्षेत्रमा रहेका अधिकांश भवन जीर्ण बनेकाले भत्कने गरेको र कतिपय भत्कने अवस्थामा छन् । सिरियामा जारी द्वन्द्वको मारमा परेका हजारौं नागरिक जीर्ण भवनमा बस्न बाध्य छन् । सन् २०१७ मा मात्रै ३५ हजार भवन जीर्ण बनेको संयुक्त राष्ट्रको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here