रौतहट, १४ जेष्ठ । जिल्ला स्तरीय क्रिकेट आज सम्पन्न भएको छ ।
हर्साहा स्थित तिवारी खेल मैदानमा बृन्दाबन नगरपालिकाको कार्यालय प्रमुख नागेन्द्र यादवले टी २० नकआउट क्रिकेट बैशाख २० गतेका दिन उद्धघाटन गरेको थियो ।

Image may contain: 2 people, people standing and outdoor


युवा खेलाडीहरुको हौसला बढाउन रौतहटको बृन्दावन नगरपालिकाको आर्थिक सहयोग र श्री लालीगुराँस युवा क्लब बृन्दावन ६ हर्साहाको तिवारी खेलमैदान १२ दिन देखि सुरु भएको थियो ।
बृन्दावन नगरपालिकाले विद्यार्थीहरुको चौतर्फी विकासको लागि बर्षेनी विभिन्न प्रकारको खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेको क्रममा क्रिकेटको अन्तर्रा्ष्ट्रिय नियम अनुसार बैशाख २० गते देखि टी २० क्रिकेट प्रतियोगिता शुरु भइरहेको थियो ।

Image may contain: 12 people, people smiling, people standing, people sitting and outdoor


सो जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा आज फाईनल खेलमा राजदेवी युवा क्लब र चन्द्रपुर टिम बीच भएको थियो । खेलमा श्री राजदेवी युवा क्लब बृन्दावन ६ हर्साहाले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको छ । प्रथम बैटिङ्ग गर्न मैदानमा उत्रेका चन्द्रपुर टिमले १६ ओभरमा ८५ रन बनाइ अलआउट भएको थियो भने राजदेवी युवा क्लबले ११ ओभरमा ८८ रन बनाउन सफल हुदै सन्दार बिजय हासिल गरेको छ ।

No photo description available.


विजयी हासिल गरेको राजदेवी युवा क्लबलाई खेलकुद बिकास समितिको सदस्य किशोर कुमार पटेल, श्री बतहु मा.बि.को शिक्षक बजरंगी पटेल, प्रेम पटेल सहितको अतिथिहरुले पुरस्कार स्वरुप २५ हजार रुपैया नगद र कप सहिद सम्मानित गरेको क्लबका अध्यक्ष आशिष कुमार पटेलले जानकारी गराएका छन ।

Image may contain: 4 people, people standing and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here