ईमरान खान कपिलवस्तु

नवलपरासी ५ मंसिर । “कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आज बिहीबार मंसिर ५ गते देखि १५ गते सम्म सुनवल १ सोमनाथ बजारको परिसरमा प्रादेशिक औधोगिक व्यापार मेला २०७६ सुरु हुदैछ । मेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश कुमार भट्टराई द्धारा गरिने मेला आयोजक समितीले जनाएको छ । आज देखि सुरु हुने प्रादेशिक औद्योगिक ब्यापार मेला २०७६ को तयारि पुरा भएको आयोजकले जनाएको छ । लगातार ११ दिन सम्म संचालन हुने यस ब्यापार मेलाको मुख्य बिशेषता नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता , उत्पादक , बितरक नियातकर्ता लाइ एउटै मंचमा भेटघाट, भेला गराइ सर सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको उद्योग बाणिज्य संघ सुनवलका महासचिव तेज प्रसाद भण्डारीले जानकारी दिनु भएको छ । उहाँले मेलामा उत्पादक तथा उपभोक्ता बिच सुमधुर सम्बन्ध स्थापना हुने उदेश्यले मेला आयोजना गरीएको समेत जानकारी दिनु भएको छ । प्रादेशिक औद्योगिक ब्यापार मेलामा नेपालका घरेलु , साना, मझौला तथा ठुला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी जिल्ल्लाका खनिजजन्य , कृषिजन्य , र अन्य उत्पादनहरु समेत गरी एक सय ६५ स्टल रहेको संघका अध्यक्ष कर्मचार्यले जानकारी दिनु भएको छ । भने मेलामा एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको समेत बताउनु भएको छ । मेला स्थलको प्रवेशद्धार पे्रमको प्रतिकको रुपमा रहेको पाल्पाको रानिमहल दरबारको स्वरुपमा तयार पारिएको छ । मेलामा प्रदेश नम्बर ५ का सबै जिल्लामा उत्पादित कृषिजन्य बस्तुहरु, स्वदेशि उद्योगहरुका उत्पादित बस्तुहरु, अटोमोवाइल्स, आइटि, निमार्ण सामाग्रि, जडिबुटि, दैनिक उपभोग्य बस्तुहरु र हस्तकला तथा तयारी पोषाक लगायतका बस्तुहरु प्रर्दशनमा राखिने भएको छ । त्यस्तै मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा बिभिन्न बिद्यालय तथा कलाकेन्द्रहरुको साँस्कृतिक कार्यक्रम, डाइनोसर पार्क, ट्यालेन्ट सो, बाल उद्यान, हात्ति सफारी, रथ यात्रा र बिभिन्न जनजातिका घर तथा बिभिन्न परिकारहरु समेत मेलाका मुख्य आकषर्णमा रहने जनाइएको छ । त्यसैगरि मेलामा खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगिता आयोजना हुने र प्रतियोगितामा सहभागि बिजेतालाई १ लाख १० हजार रुपैँया र द्धितिय हुनेलाई ६० हजार रुपैँया प्रदान गरिने छ । १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो मेलामा करिव ७ करोड रुपैँया बराबरको कारोबार लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here