नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले पछिल्लो समय आकाशिएको महङ्गीले जनताको ढाड सेकिएको भन्दैं आक्रोश पोखेका छन् । नेता महरले १ केजी प्याजको मुल्य २९० पुगेको र जनताको दैनिक प्रयोगका सवै चीजवस्तुको मुल्य ३ सय प्रतिशतले बढ्दा पनि वर्तमान सरकारलाई लज्जाबोध हुदैंन भन्दैं प्रश्न गरेका छन् ।

साथै उनले भ्रष्टाचारले सिमा नाघेको र राष्ट्रियताप्रति पनि वर्तमान नेकपा सरकारले खेलवाड गरेको आरोप लगाएका छन् । ‘१ केजी प्याजको मुल्य २९० पुग्यो , जनताको दैनिक प्रयोगका सवै चीजवस्तुको मुल्य ३ सय प्रतिशतले बृद्धि भयो।भ्रष्टाचार चरमचुलीमा पुग्यो,राष्ट्रीयता प्रति खेलवाड भयो – लज्जाबोध हुदैन ? नेकपा सरकार !, नेता महरले भने ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here