काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि छिमेकी मुलुकमा यसको भाउ आकाशिएको छ । यसको असरमा नेपालमा पनि परेको छ । मंसिर १२ गते बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिकाअनुसार थोकमा प्याज प्रतिकिलो १९० रुपैयाँ तथा खुद्रामा प्रतिकिलो २३० रुपैयाँ रहेको छ । यो कालीमाटी तरकारी बजारको मुल्य हो । तर, यहाँबाट किनेर लगेका व्यापारीले आफू खुसी भाउ राखेर बेचेपछि निम्न आयस्रोत भएकाले मात्रै होइन हुनेखानेले समेत प्याज किन्न छाडेका छन् । 

प्याजको भाउ बढेपछि यसको असर मासु व्यवसायलाई पनि परेको मासु व्यवसायीहरुले गुनासो गरेका छन् । प्याजको भाउ बढेपछि मासु किन्न मानिस आउनै छाडेको उनीहरुले बताएका छन् । प्याज नहालेको मासु मिठो हुँदैन भन्ने आममानिसको बुझाइका कारण पनि मासु विक्री घटेको मासु व्यवसायीहरु बताउँछन् । प्याजको भाउ बढेपछि खसी र कुखुराको मासुको समेत भाउ घटेको छ ।स्रोत कनादा नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here