रौतहट।गएको शनिबार विभिन्न ५२ स्थानका लागि भएको उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम मंगलबार आइसकेपछि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दुबै दल खुशी देखिएका छन्।दुबै दल खुशी हुनुका कारण पनि महत्वपूर्ण छन्। किनकी दुबै दलले यी ५२ स्थान मध्ये धेरैसजो आफ्नो पोल्टामा पारेका छन्।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन एमाले, माओवादी र काँग्रेस एक्लाएक्लै चुनाव लडेका थिए। तर, २ वर्षपछि भएको उपनिर्वाचनमा भने दलहरुको समीकरण परिवर्तन भएको छ। तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा जन्मिएको छ, त्यतिबेलाको सत्तारुढ दल काँग्रेस यतिबेला प्रमुख प्रतिपक्षीको हैसियतमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here