मुस्लिम जनमत संघ रौतहटद्वारा रौतहटको सदरमुकाम गौरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै डाराउतले आफु जेल जाने डरले उपेन्द्र यादब सरकारमा बसिरहेको बताए ।

कुन दिन गौर हत्या काण्डको छानबिन हुन्छ , उपेन्द्र जि जेल जानु हुन्छ जसलाइ आफै जेल जानबाट बाच्न धौधौ छ उसले मधेशी जनताको सुरक्षा दिलाउन कसरी सक्छ होला सोचनीय विषय रहेको डा राउतले भने ।

राउतले उपेन्द्र यादव मात्र नभई यादव नेतृत्वको समाजवादी र अर्का मधेसवादी दल राष्ट्रिय जनता पार्टी सदियौ देखि मधेस र मधेसीलाई ठगी रहेको आरोप लगाए । नागरिकता विषय, एक मधेस एक प्रदेशको विषय, जागिरमा समानूपातिक समावेशिताको विषय उठाएर मधेसी जनतालाई राज्यबाट मार्न लगाई सत्ताको स्वाद चाख्नु भन्दा अर्को कुनै काम नगरेको आरोप लगाए ।

मधेस आन्दोलन हुदाँ तपाईहरु आन्दोलन गर्नुस । यो मधेसी कै हक अधिकारको लडाई हो । सहादत प्राप्त गरे हाम्रो सरकारले ५० लाख दिने छ भने मधेसी दलका नेताहरु प्रदेश २ मा आफ्नै सरकार ५० लाख त के सहिद र घाईते परिवारलाई बिर्सेको गम्भीर आरोप समेत लगाए । उहाँले त्यस्ता पार्टीहरु अबदेखि तपाईको घर आँगनमा गए ।

मधेसी जनताले तपाईहरु सित आन्दोलन गरेर सहादत प्राप्त गरे । तर तपाईले के दिनु भो  ? सहिद परिवारले ५० लाख पाए त ? मधेसीले जागिर पाए ? एक मधेस एक प्रदेश भयो  ? घाईते परिवारले के पाए रु सबै मधेसीले आत्म सम्मान र हक अधिकार पाए त ? भनेर सोध्न आग्रह गरे ।
मधेसी जनतालाई सधैदेखि शोषण उत्पीडनमा पार्दै आएका तत्कालीन माओवादीबाट फूटेर समाजवादी बनेको र काँग्रेसबाट फूटेर बनेका राजपा पार्टी पुनः त्यही पार्टीमा विलय हुने ठोकुवा गरे ।

दुबै पार्टीका पदाधिकारीहरुको गार्जियन सत्तामा बस्दै आएका दलहरुको ठूल ठूला नेता भएको बताए । उनीहरु त्यही गार्जियनको इसारामा हिडने गरेको आरोप लगाए । राजपा र फोरमको राजनिति परिवारवाद, नातावाद, कृपावाद सम्म सिमित रहेको राउतले बताए ।

आन्दोलन गर्ने मधेसी अनि पदमा पुगी माननीय मन्त्री बन्ने नेताहरुको साली, समधिनी, साला, समधी, स्वास्नी यो कहाँ सम्मको न्याय हो?  यसबारे गम्भीर भएर मनन गर्न जनतालाई अपिल गरे ।

उहाँले मधेसी जनतालाई ठगेर आफ्नो राजनिति व्यापार बढाएका दलहरुलाई बहिष्कार गर्न समेत अपिल गरे । कहिले पनि दुधको साक्षी बिरालो नहुने भएकोले यस्ता ठग र काँग्रेस, नेकपा जस्तो पहाडि पार्टीलाई मधेस र मधेसीको हक अधिकार र रक्षाको लागि कहिलै नचुन्न समेत अनुरोध गरे ।

राउतले स्थानीय सरकारका प्रमुखहरु छोटे राजा बनी निरंकुश राजतन्त्र झै गरिब निमुखाको घर भत्काइ घरबारबिहिन गराउने काम गरिरहेको भन्दै दुस्ख ब्यक्त गरे।हजारौं जनताको उपस्थितमा गर्जिएको राउतले मदेश र मधेसीको सपनालाई चकनाचुर गर्दै आएको बिगतका छेपारो प्रवृत्तिको पार्टी पंक्तिलाई बाइपास गर्दै जनमत पार्टीमा जुड्न आग्रह गरे।जनमत पार्टीका संयोजक डा. सिके राउतले गद्दार पार्टीसँग सावधान रहन मधेशी जनतालाई अपिल गरेका छन । अधिकारको नाममा मधेश र मधेशी जनतासँग गद्दारी र बेईमानी गर्ने पार्टीसँग सावधान रहन डा. राउतले आफवान गरेका हुन ।

राउतले भने मधेशी जनताको अधिकारको नाममा केहि पार्टीले मधेशी जनतालाई ठग्दै आएको बताएका हुन । मधेशीलाई अधिकार दिलाउने आश्वासन दिने पार्टी सतामा पुगेपछि मधेशको मुद्धालाई विरसेर मधेशीलाई पटक पटक धोका दिएको र ठगेको उहाँले बताउनुभयो । मधेशीलाई धोका दिने र ठग्ने पार्टीलाई मधेशमा अब मधेशी जनताले परास्त गर्नुपर्ने आवश्यक्ता रहेको उहाँले बताउनुभयो । मधेशी जनताको हक अधिकार दिलाउन सक्ने एक मात्र पार्टी जनमत पार्टी नै रहेको समेत सिके राउतले दावी गरेका छन । मधेश र मधेशी जनताको अधिकार दिलाउन जनमत पार्टीको विकल्प नरहेको डा. राउतले बताएका छन । मधेशी जनताको न्याय र अधिकारको लागि जेलमा बस्ने पार्टीका अध्यक्ष एक मात्रै आफु भएको र बाँकी सबै मधेशीलाई लुटने र ठग्ने काम मात्र गरेको उहाँले आरोप लगाउनुभयो । घर घरमा रोजगार, भ्रष्टाचारको अन्त्य र मधेशीको हक अधिकार जनमत पार्टीले नै दिलाउन सक्ने भएकोले जनमत पार्टीमा आवद्ध हुन डा. राउतले सबैलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here