जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.वडा नं.४ अकवा फरहदवा स्थित रहेको ऐलानी १ कठ्ठामा नामथर वतन नखुलेको मानिसले अवैध रुपमा सुर्तीको बोट सँगै लगाएको अ.१०००(एक हजार) गाँजाको बोटहरु फेला पारी स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको छ।

साथै मिति जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा ठोरी गा.पा वडा नं.५ आठघरे स्थित बिभिन्न स्थानमा नामथर वतन नखुलेको मानिसले अवैध रुपमा लगाएको गाँजाको बोट अ. २०,०००।- फडानी गरी नष्ट गरिएको र सोही स्थानमा घरेलु मदिरा तयार पार्नलाई लुकाई छिपाई राखेको अ.५,०००।– लिटर कच्चा पदार्थ समेत नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here