पुष १७ गते
पवन प्रसाद साह / बिरगंज, पर्सा
सरिस्वा नदि तथा बिरगंज लाई बिगत देखी नै प्रदुषण मुक्त बनाउने माग गर्दै आएको सरिस्वा नदि एवम बिरगंज प्रदूषण मुक्त अभियान ले आज घन्टाघरमा धर्ना कार्यक्रम को आयोजना गरेका छ्न।बिरगंज को सरिसस्वा नदि लाई प्रदुषण मुक्त बनाउन लाई विभिन्न मागहरु राखेका छन ।सरिस्वा नदि मा बिरगंज महानगर ले जोडेको सम्पुर्ण नाला को फोहर पानी लाई प्रसोधित गरि मात्र नदिमा मिसाउन लगाउने । छाला मासुको उधोगहरु को प्रदुषित केमिकल पानी नदि मा खसाउन बन्देज गर्ने। बर्सात को बेला नदि को कारण बाडी आउन नदिन नदि लाई अतिक्रम गरेकाहरु लाई हटाउन लगाउने । बिरगंज महानगरपालिका खुल्ला दिशा मुक्त ठाउँ भएको ले हरेक २० मिटर को दुरि मा शौचालय को बेवास्ता मिलाउन लगाउने लगायत बिभिन अन्य मागहरु रहेका छन। सुरेन्द्र प्रसाद कुर्मी को अध्यक्षता मा धर्ना कार्यक्रम भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here