रौतहट १७ माघ 
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष मेहताले वड़ा नम्बर २ मा रहेको हनुमान मंदिरमा सीता राम र लक्षमणको प्रतिमा स्थापनामा सहयोग गरेका छन । 

तीन वटा मूर्ति खरीदमा भएको खर्च ५० हजार उपलब्ध गराएको मेयर मेहताले बताएका छन ! नया प्रतिमा स्थापना गर्न विधि पूर्वक पूजन को कार्य आरम्भ भएको बताउँदै धर्म रक्षाको लागि आफु सधै सक्रीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । 
नेपाल भ्रमण वर्षको समयमा मठ मंदिर मस्लजिद मदरसा लगायत धार्मिक स्थल , पर्यटकीय स्थलको प्रवर्द्धन ,संरक्षण , सौन्दर्यकरण गरिने तरफ ध्यान केंद्रित गरिएको दावी गरे । गाउँको स्थानियहरुको सक्रियता सहकार्यमा प्राण प्रतिष्ठाको यज्ञ भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here