रौतहट ,२१ माघ ।संघीय सरकार, प्रादेशिक सरकार तथा स्थानिय सरकारमा कानुनी शासनको पालना गरे मात्र सुशासन कायम हुने प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र प्रसाद यादवले बताएका छन् ।

रौतहटको गौर होटेल सिया पैलेसमा आसमान नेपालले आयोजना गरेको सुशासन सम्बन्धी बहस कार्यक्रममा बोल्दै मन्त्री यादवले देशमा सुशासन कायम राख्न कानुनको पालना गरे मात्र सम्भव हुने बताएका छन् ।

स्वच्छता र निष्पक्षताको अवस्था हो, न्याय । न्याय कानुनी शासनको आधारशीला हो। कानुनको दृष्टिमा समान हुनु नै न्याय हो भन्ने परम्परागत मान्यता र कानुनको दृष्टिको साथसाथै व्यवहारमा नै समानता हुनु नै न्याय हो भन्ने आधुनिक मान्यता रहेको छ । यही आधुनिक मान्यता अनुसारको न्याय सम्पादन आजको आवश्यकता हो । न्यायबिना सुशासन सम्भव छैन भने मन्त्री यादवले बताए ।

कानुननी शासन त्यतिबेला मात्र प्रत्याभूत हुन्छ, जतिबेला कानुन निर्माण सही ढंगले हुन्छ, स्पष्ट ढंगबाट कानुनको कार्यान्वय हुन्छ र न्यायमा सबैको पहुँच पुग्दछ । तर, विद्यमान अवस्थामा यी तीनै पक्ष कमजोर अवस्थामा छन् । विवेकका आधारमा विवेकसंगत ढंगबाट निर्णय गर्ने र त्यसको सुखद् अनुभूति आमसाधारण मान्छेले गर्न नसक्दासम्म सुशासनको प्रत्याभूति हुने छैन मन्त्री यादवले बताए ।

सुशासन सम्बन्धी बहस कार्यक्रममा बोल्दै राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर हामीले नगरपालिकामा सुशासन कायम जनतालाई सु–सुलभ ढङगले सेवा प्रभाव गरिरहेका छैउ । र म आफ्नो कार्यकालमा राजपुर
नगरपालिकालाई सुशासनको क्षेत्रमा सबै नगरपालिकाको तुलनामा १ नम्बरमा राखेरै छाडछौ भने प्रतिवद्धता व्यक्त गर्नु भयोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here