रुपन्देही जिल्लाको माया देबी गाउपालिका वार्डन. ७ बेथरीमा भएको महायज्ञमा त्यहा रहेका दानबिर तथा चमार समुदायलाई विभेद गरिएको पाईएको छ ।

त्यहा रहेका चमार समुदायका मानिसहरुले महायज्ञमा लाग्ने सबै खर्च आफुहरु उठाएको र मन्दिर निमार्णका लागि आफनो समाजका अगुवा प्रकास चमारले लगभग ५० लाख पर्ने जग्गा दान गरे पनि आफुहरुलाई भोज खाने बनाउने बेलामा विभेद भएको आरोप लगाएका छन । त्यहा रहेका चमार समुदायले आफुहरुलाई निच , पानी नचल्ने जात , चमारले छोएको आएमा देबी माता रिसाउने आदी आरोप लगाउदै आफुहरुलाई भोज भतेरमा रोक लगाईएको पिडित रझनक चमारले बताएका छन ।

उहाका अनुसार आफुहरुले सबै काम , पैसा , चाल दाल नुन सबै खर्च जुटाएको तर आफनो समुदायका महिला दिदीबहिनीहरुलाई भोजका लागि खाना बनाउने बेलामा सहभागि नगराएको , आफुहरुलाइृ छुट्टै बस्न लगाएर खाना खाना बसाएको , लगाएत त्यहा रहेका उच्च जातकाहरुले आफुहरुलाई जातिय गाली गरको जानकारी दिए । चमार समुदायका समासेवी प्रकास चमारले आफुहरुले त्यत्रो जग्गा दान गरे पनि उल्टै आफुहरुलाई त्यहा रहेका गैर दलितहरुले अपमान गरिरहेको बताए ।

आफुहरु अहिले बिभेदमा परेको भन्दै स्थानिय पिडित झिनक चमारले आफुहरुलाई न्याय दिलाउन सबै सम्बन्धित निकायलाई अग्रह गरेका छन । उता चमार सेवा समाज नेपालले भोजमा गरिएको यस्तो विभेदको घोर विरोध गरेको छ । साथै विभेदमा परेकाहरुलाई सहयोग गर्नका लागि सबै पक्षसगं आग्रह गरिउको समाजका अध्यक्ष दिनेश चमारले बताए ।

यसरी एक्कईसौ शतब्दीमा पनि जातको आधारमा विभेद गर्नेहरुलाई कडा करवाहीको दायरामा ल्याउनु पर्ने र जग्गा दाता तथा त्यहा रहेका दलित समुदायलाई न्यायका लागि नेपाल सरकारले उचित पहल गर्नु पर्ने चमार सेवा समाज अमेरीकाका संयोजक अमिरी महरा चमारले माग गरेका छन ।सुरेन्द्र महराले बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here