काठमाडौ २०, माघ – नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले ककनी गा.पा-०३ चाउथेफाँटमा अशक्त,गरीब र दीनदु:खीहरूकाे लागि एम्बुलेन्स खरिद गर्न लगाएकाे श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमाआफ्नाे शुभकामना कामना सहित व्यक्तिगत रूपमा केही आर्थिक सहयाेग साथै अन्य सहयाेगी हातहरूलाइ पनि सहयाेगकाे लागि अनुराेध गर्नुभयाे।
समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन् । लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा मैनालीले गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन ।

त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग साथै खुट्टाकाे क्यान्सर राेगकाे उपचार गरिरहनु भएका नुवाकोट सुर्यगढी गा.पा.वडा ०५ निवासी १४ बर्ष का विशाल ढकालकाे लगाएत सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here