पवन प्रसाद साह/ पर्सा
माघ २२गते। करोना भाइरस विरुद्धको जनचेतनामूलक कार्यक्रम बिरगंजको घन्टाघर आज सम्पन्न भएको छ । नेपाल महिला मैत्री बिकास केन्द्र बिरगंजकी अध्यक्ष माल्ती कुशवहाको अध्यक्षता एवं पर्साका सहाय प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।
“कराेना भाइरसबाट बचाैं र बचाऔं” मुल नाराकाे साथ भएकाे कार्यक्रममा नोबेल करोना भाइरसबाट बच्ने उपायबारे जानकारी गराउनुकाे साथै यात्रु एवं उपस्थित सम्पुर्णलाई माक्स वितरण गरिएको थियाे ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका कमेश्वर चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरू, ट्राफिक प्रहरी पर्साका कमलराज पंडित, सचितानन्द गिरी, दिनेश यादव लगयतको सहभागिता रहेकाे थियोे भने कार्यक्रमकाे संचालन शिव कुमार साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here