२३ माघ
वैदेशिक रोजगारमा जाने कामदारहरुलाई आवश्यक सर(सल्लाह तथा ठगीमा परेका कामदारहरुलाई सहयोग गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले गौर नगरपालिका अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा स्थापना गरेको अप्रवासन श्रोत केन्द्रको विहिवार अनुगमन निरिक्षण गरिएको छ ।
बैदेशिक रोजगारमा जाने युवाहरुलाइ आवश्यक परामर्श सुरक्षित रोजगारीको विषयमा विस्तृत जानकारी दिने तथा ठगीमा परेकालाइ कानूनी प्रक्रिया बारेमा बताउने लक्ष्य सहित आप्रवासन स्रोत केंद्रको स्थापना गरिएको छ । स्रोत केंद्रले प्रवाह गरिदै आएको सेवाको अवस्था र चुनौतीका विषयमा टोलीले जानकारी लिएका छन ।
गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे गौर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सुमन कार्की गरुडा नगरपालिकाका उपप्रमुख रंगीला देवी जायसवाल गौर नगरपालिकाका आतंरिक लेखापरीक्षण तथा सुचना अधिकारी सरोजलाल दास सहितका टोलीले निरिक्षण गरेका परियोजनाका नीलू झा ले बताएकी छीन ।