पवन प्रसाद साह/ पर्सा
माघ २३ गते
वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गगत धनुषालाई ४–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ विजयी भएको छ । जि पी कोइराला फाउन्डेसन पर्सा दुारा जारी जी पी कोईराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको आज दाश्रो सेमिफाइनल बाराले जित हासिल गरेको छ । बीरगञ्जको आदर्शनगर स्थित रङगशालामा बारा र धनुषा बिच भएको खेलमा दुबै टिमले निधारित समयमा गोल हुन नसकेपछि अन्तमा टाईब्रेकरमा गेम पुगेको थियो । टाईब्रेकर सुटमा बाराले ४ गोल र धनुषाले १ गोल गरेका थिए । धनुषाले टाईब्रकरमा गोल गर्न नसकेपछि गेम बाराको हातमा पुगेको थियो ।

आजको म्याच अफ द म्याच बाराका गोल किपर जयराम चौधरी घोषित भएका थिए । शनिबार बारा र सप्तरी बिच फाइनल खेल हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा ८ वटै जिल्लाका फुटबल क्लबहरुक‍ो सहभागीता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here