रौतहट २५ माघ।
रौतहट जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर ६ पथरा बुधराम स्थित श्री माध्यमिक विद्यालयका नव निर्वाचित विद्यालय व्यवस्थापन समितिले प्राध्यानध्यापक राजेन्द्र साहले विद्यालयको बातावरण विगार्ने सडयंत्र गरिरहेको आरोप लगाएका छन ।


रौतहटको सदरमुकाम गौरमा रहेको रिपोर्ट्स कल्वको कार्यालयमा शनिवार पत्रकार सम्मलेन गरी मतदान प्रक्रियाबाट निर्वाचित ४ जनाको प्राध्यानध्यापक साहले राजनितिक संरक्षणमा बेवास्ता गर्दै कार्य गरिरहेको दावी गरेका हुन ‌। माघ ४ गते भएको मतदानबाट ९६ मतले सदस्य पदमा विजयी भएका राम प्रसाद यादवले विगत देखि विद्यालयको आर्थिक हिनामिन्हा गर्दै आएका प्राध्यानध्यापक साहले विद्यालयलाइ राजनितिक मैदानको रुपमा परिणत गराउन खोजेको गंभीर आरोप लगाए ।


शिक्षा येन २०२८ लाइ धज्जिया उदाउदै प्र अ साहले येन विपरीत दुइ जना सदस्य मनोनीत गरेको बताए । सदस्य यादवले माघ २४ गते शुक्रवार निर्वाचित सदस्यलाइ कुनै जानकारी न गराई उपेन्द्र जायसवालको अध्यक्षतामा अवैधानिक बैठक बसाएर विद्यालय व्यवस्थापन समितिको पूर्णता दिनेलाइ आफ्ना गफमेलका व्यक्ति रम्भा कुमारी देवी र राम एकवाल प्रसाद त्यागीलाइ मनोनीत गरेको बताए ।


प्र अ साह शिक्षा येन २०२८ को दफा १२ को उपदफा १ को देहाय दफा ग बमोजिम मनोयन गर्ने गरेको निर्णय कानून विपरीत भएको ठहर गर्दै यसलाई सच्चियॉंउन मांग गरे । ८६१ जनाको मतले निर्वाचित भएको व्यक्तिको मान्यता न दिई आफ्नो मॉनोपोली गर्ने प्र अ साहलाइ क़ानूनी कार्यवाही गरिनु पर्ने स्थानीय निकाय संग मांग गरे ।

यादवले विद्यालय को रकम भ्रस्टाचार गरेर काठमाण्डौमा भवन खरीद गरेका साह माथि छानीवं गरी कार्यवाही गैर्न सम्वन्धित निकास सीट जोड़दार रुपमा मांग गरे ।
नगरपालिकामा रहेका दुइ पुराना माध्यमिक विद्यालय जनता माध्यमिक विद्यालय सोनरनिया र पथरा बुधरामलाइ समापत पारेर लक्ष्मीनिया माध्यमिक विद्यालयको विकास गर्ने राजनितिक खेलको सफल बनाउने योजना साहले बुनेकोले स्थानीय अभिभावकहरुले त्यसको कडा प्रतिकार गर्ने समेत चेतावनी दिएका छन ।

शिक्षा येन को दफा १२ को उपदफा १ को देहाय दफा क र ख को व्यवस्था कहा गयो भनी प्रश्न गरे । क र ख हुँदा हुदै ग को सहारा लिएर मनोनीत गर्ने कार्य नियमावली विपरीत भएकोले खारिज गरी निर्वाचित समितिको सहमति सहकार्यमा मनोनीत को प्रक्रिया अपनौने व्यवस्था मिलाई दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्दर साह सित आग्रह गरे ।


समाजवादी संघका प्रादेशिक सदस्य लखीन्द्र यादवले विद्यालय शांति क्षेत्र भएकोले राजनितिक क्षेत्र बनाउने दुःसाहस गरे परिणाम नराम्रो हुने चेतावनी दिएका छन । विद्यालयमा गरीव ,असहाय , पिछडिएका बर्ग समुदायको बाल वालिका अध्यन गर्ने गरेकोले विद्यार्थीको भविष्य संघ खेलवाड़ गर्ने प्र अ साहलाइ अभिभावकहरुले नछोड़ने धमकी समेत दिए ।

युवा नेता यादवले संघीय सांसद प्रभु साह प्रति लक्षित गर्दै कथित विकास पुरुषको इसरामा चलने प्र अ साहलाइ अभिभावक र विद्यार्थीले कार्यवाही गर्ने बाध्य हुने जिकिर गरे । विद्यालयको आर्थिक विबरण नदिने , नियमित रुपमा विद्यालय नआउने , प्रहरीको सहारा लिएर विद्यालय आउने साह विद्यालयको अवस्था लथालिंग बनाएर आर्थिक लाभ लिने उदेश्य लिएको दावी गरे ।
लेखा परिक्षण प्रतिवेदन लगायतका कागजात ब्यागमा राखेर हिड्ने प्रधानाध्यापक साह माथि छानविन गर्न अखित्यार दुरूपयोग अनुसन्धान सित आग्रह गरेका छन ।

प्रधानाध्यापक साह लगाइएको आरोपमा सत्यता नरहेको दावी गरेका छन । उनले कानून बमोजिम मनोयन गरेको बताए । नगरपालिकाको कारण २०७५/ ०७६ को लेखा परिक्षण हुन नसकेको बताए । साहले प्रक्रिया गत रुपमा आएमा हिसाव किताब सार्वजानिक गर्ने भन्दै एक एक जनाले आर्थिक विबरण मांग गर्दा दिन नसक्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here