पवन प्रसाद साह
पर्सा /माघ २६ गते ।पर्साकाे पाेखरियामा नगरपालिकामा आज भएकाे जिल्ला स्तरिय बाल भेलाले जिल्ला स्तरीय बाल क्लब समन्वय संजाल गठन गरेकाे छ । पाेखरिया नगरपालिकाकाे सभा हलमा भएकाे भेलाले अर्जनु साहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला स्तरिय बाल क्लब समन्वय संजाल गठन गरेकाे हाे ।
जुन समितिकाे सदस्यहरुमा राजकपुर साह, सुन्तान मिया, अमन चौरसिया, प्रियांका पाण्डे, तम्ना खातुन, राहुल कुमार साह, मेघराज पंजियार, सुस्मिता चालिसे, ,ममता साह, संदिप साह, दिपक पटेल, केशव यादव, निभा यादव र शोभा कुश्वाहा रहेका छन ।
वाकी रहेकाे स्थानिय तहरुमा बाल क्लब संजाल गठन भए पछि थप सदस्य मनाेनित र पदाधिकारी चयन गरिने अध्यक्ष साहले वताए ।
दिब्यानी बाल अधिकार मंचको आयोजनामा सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार मुल नाराका साथ भएकाे जिल्ला स्तरिय बाल क्लब समन्वय संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम संजाल गठन भएको हाे ।
जिल्ला समन्वय समिती पर्साका उपाध्यक्ष ठाकुर न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले मैनबतीबाली भेलाकाे उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै वक्ताहरुले बालबालिका देशको कर्णधार भएकाले यिनीहरुलाई अधिकार सम्पन बनाउनु पर्ने धारणा राखे । कार्यक्रममा पाेखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, पटैर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महताे, पत्रकार छठु साह, वडाअध्यक्ष अजय साह कलवार, लक्ष्मण साह कानु लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here