पवन प्रसाद साह
बिरगंज माघ २६ गते – नेपाली कांग्रेस निकटका विभिन्न भातृ संगठनहरुले आज वीरगंजमा विराेध प्रदर्शन गरेका छन् । बालुवाटारको जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैनितक बदनियत र प्रतिशाेधपूर्ण मुद्दा लगाउने निर्णय भएकाे भन्दै कांग्रेस निकटका भातृ संगठनहरुले विराेध प्रदर्शन गरेका हुन् ।
वीरगंजकाे घण्टाघरबाट निस्केकाे विराेध जुलुश माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिहर्वा हुदै पुन: घण्टारमा पुगी काेण सभामा परिणत भएकाे थियाे । बिराेध जुलुशमा सहभागिहरुले स्वतन्त्र र निष्पक्ष न्याय गर, निर्दाेषलाई फसाउन पाइदैन्, काण्डै काण्डकाे सरकार चाहिदैन्, भ्रष्ट सरकार चाहिदैन् लगायतका नारा लेखिएकाे प्ले कार्ड सहित चक्राे नाराबाजी समेत गरेका थिए ।
तरुण दल पर्साकाे आयाेजनामा भएकाे विराेध प्रदर्शनमा नेपाली कांग्रेस पर्साका काेषाध्य इमतियाज आलम, तरुण दलका नेता सहरुम राउत गद्दी, हुकुम सिंह, कालु सिंह, राजु गुप्ता, नेवि संघका पूर्व केन्द्रिय सदस्य बद्री तिवारी, तरुण दल पर्साका सचिव विवेक चाैरसिया, जिल्ला सभापति बिकास तिवारी, राेशन सिंह, मुनराज तिवारी, राज चाैरसिया लगायत नेवि संघ, महिला संघ, किशान संघ लगायतका नेपाली कांग्रेस निकटका भातृ संगठनका नेता तथा कार्यककर्ताहरुकाे सहभागिता रहेका थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here