नेपाल मुस्लिम फलाह संघले झापाको भद्रपुरमा मुस्लिम समुदायका महिलाहरुलाई एक दिने नेतृत्व विकास प्रशिक्षण प्रदान गरेको छ ।

प्रशिक्षण कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले अब मुस्लिम महिलाहरु राज्यका सबै अंगमा समावेश हुनुपर्ने बताएका छन् । उनले नेपाली मुस्लिमको अबस्था निकै नाजुक रहेका बताउँदै मुस्लिम महिलामा शिक्षाको विकास गरेर उनीहरुलाई राज्यका सवै अंग र निकायमा समावेश हुन क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।

प्रशिक्षण दिंदै पूर्व महिला, बालबालिक तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसैनले मुस्लिम महिला मुस्लिम समाजको पहिलो खुडकिला हो । यसैले मुस्लिम समाजमा महिला शिक्षामा जोड दिएर महिलामा नेतृत्व विकास गरिने पर्ने बताए । उनले अन्य जिल्लाको तुलनामा झापाका मुस्लिम महिला अझ दयनीय अवस्थामा रहेको बताए ।

कार्यक्रममा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले जीवनका प्रत्येक क्षेत्रमा नेतृत्वको आवश्यकता रहेकोले मुस्लिम महिलामा नेतृत्व विकासको तालीम महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपमेयरले पनि आफ्नो मन्तव्य राखे ।मुस्लिम आयोग अध्यक्ष समिम मियाँ ले बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here