रौतहट २९ माघ । पछिल्लो समय रौतहट क्षेत्र नंबर २ लाई लक्षित गरि आफ्नो राजनितिक यात्रालाई तिब्र बनाएका नेकपा नेता एवं ईशनाथ नगरपालिकाका नगर अध्यक्ष मोहन मेहताको लोकप्रियता हेरेर नेकपाको खाल ओढे्र पाँच वर्षमा मात्रै गाँव घरमा देखा पर्ने केहि नेताहरुको पसिना निस्किन थालेको छ ।

नेकपा को खाल ओढेर जिल्लामा पार्टिको विचार विपरित विभिन्न जन प्रतिनिधिहरु लाई विभिन्न किसिमको प्रलोभन तथा त्रास र्सिजना गरी राजनिति पेशा र पार्टिलाई बदनाम गर्ने सो किसिमका व्यक्ति लाई नेता भन्दा व्यापारी भन्नु बढि राम्रो हुने मेहताको बुझाई रहेको छ । राजनितिमा जिल्ला देखि केन्द्र सम्म राम्रो पहुँच बनाएका मेहताको काम र विकास प्रतिको जिम्मेवारी हेरेर अहिले सो क्षेत्रका बुढापाखा समेत मेहताको गुण लाउन बिर्सिदैन्न । सो क्षेत्रका पूर्व सभाषद तथा पूर्व स्वास्थ्य राज्य मन्त्री स्व. मोहम्द मुस्ताक राजा लाई आफ्नो आर्दश मान्ने मेहता हाल नेकपा प्रदेश नम्बर २ अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साह नजिक मानिएका छन् ।

जनता प्रतिको लगाव र विकास प्रतिको चासो देखेर पूर्व मन्त्री साहले समेत मेहता लाई राम्रो माईलेज दिएको पार्टि भित्र चर्चा चलेको छ । प्रभावकारी न्यूज संग कुराकानीमा समाजवादि फोरम बाट सो क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवार रहेका किरण साह लाई लक्षित गर्दे मेहताले भने “समाजिक संजालमा चर्चा पाउदैमा कोहि नेता हुदैन, जनताले कामको अधारमा नेता मान्ने हो, दुई चार वटा ठुला नेता संगको तस्बिर समाजिक संजालमा पोष्टयाउदैमा नेता हुने भएको भए फेसबुक का सम्पूर्ण प्रयोगकर्ता मान्नीय मन्त्रि भई सकेका हुने थिए” ।

पछिल्लो समय नेकपा का वरिष्ठ नेता माधव कुमार नेपाल संग साहले खिचेको एक तस्बिरले किरण साह नेकपा प्रवेश गर्न लागेको चर्चा माथी प्रतिक्रिया दिदै मोहन मेहताले भने “नेकपा भनेको देशको समृद्धि र विकासका लागी एक ढिका भएको पार्टि हो व्यक्तिको समृद्धि र विकासको लागी बनेको पार्टि होईन, यो पार्टिमा विकासको कु्रा हुन्छ विवादको होईन तसर्थ दिन पिछै पार्टि बदलिने लाई नेकपामा स्थान पाउनु भनेको दिवा सपना हेर्नु जस्तै हो” ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here