पवन प्रसाद साह
बिरगंज माघ २९ गते । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले आज बिरगंजमा प्रधानमन्त्री के.पि.शर्मा ओलि र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेकाे पुतला दहन गरेको छ ।
केही दिन पछाडि बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा पुतला दहन गरेको हो ।
नेवि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा नगरको विभिन्न क्षेत्रबाट एक साथ निकालिएको मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरीलाई हम्मे परेको थियो । नेवि संघले अख्तियार तथा सरकार विरुद्ध नगरको ठाकुरराम बहुमुखी क्याम्पस, आदर्शनगर रोड, माईस्थान लगायतको विभिन्न ठाउँबाट एकसाथ प्रधानमन्त्री ओलि र अख्तियारका आयुक्त घिमिरेकाे पुतला जलाउदै मशाल जुलुश निकालेको थियो ।
जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । विरोधको क्रममा नेपाली काँग्रेसका नेता राजु गुप्ता, नेबि संघका पुर्व केन्द्रिय सदस्य ब्रदी नारायण तिवारी, जिल्ला उपाध्यक्ष विकेश पटेल, रुद्र हल्दर , जिल्ला सचीव प्रभात सिंह, अब्दुल कयुम, वीरगंज महानगरपालिका अध्यक्ष विवेक कलवार, ठाराब नेता मुनराज तिवारी, तरुण दलका नेता मिकु सिंह लगायत सयाैं संख्यामा विद्यार्थी नेताहरुको सहभागिताता रहेकाे थियाे ।
अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ । नगरको विभिन्न ठाउँबाट निकालिएको पुतला प्रहरी हस्तक्षेप बाबजुद पनि नगर परिक्रमा गर्दै घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेबि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेलले अख्तियारले आफ्नो अमर्यादिक निर्णय नसच्याए हामी देशको सडक तताउन बाध्य गर्नचेतावनी समेत दिए । उनले अख्तियारका कर्मचारी कालाे मसाे दल्ने चेतावनी समेत दिए । कोण सभाकाे संचालक जिल्ला सचीव प्रभात सिंहले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here