रौतहट-२०७६/११/१ नेकपा जिल्ला कमिटी रौतहट द्वारा आज सदरमुकाम गौरमा रहेको पार्टी कार्यालयमा जनयुद्धमा शहिद भएकाहरुको सम्मानमा श्रध्दांजलि सभा सम्पन्न भएको छ। नेकपा प्रदेश कमिटी सदस्य एवं युवा नेता उपेन्द्र साहको सभापतित्वमा भएको श्रध्दांजलि सभामा जनयुद्धमा शहिद भएका परिवारलाई गमछा ओढाएर सम्मान गरिएको थियो। भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मो.गुलाम सरवर,सचिदानन्द साह,सुधिर यादव, शम्भु सिंह, अमर यादव, राजकिशोर यादव,ईशनाथ नगरपालिका नगर कमिटी अध्यक्ष तथा युवा नेता मोहन मेहता,माधबनरायण नगरपालिकाको उपमेयर सिमल कुमारी साह यमुनामाइ गाउपालिकाका अध्यक्ष श्रीप्रकाश मुखिया सहितका नेताहरुको उपस्थिति रहेको थियो। जिल्लाको सदरमुकाम बाहेक गरुडा, चन्द्रपुर, र मौलापुरमा कार्यक्रम गरी श्रध्दांजलि सभा भएको र आज राति जिल्ला भरि दिपावली गर्ने कार्यक्रम रहेको नेकपाका युवा नेता उपेन्द्र साहले जानकारी दिनुभएको छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here