पवन प्रसाद साह
बिरगंज, पर्सा /फाल्गुण ३ गते । नेपाल पासवान संघ पर्साले राष्ट्रिय सभा सदस्यमा निर्वाचित राधेश्याम पासवानलाई एक भव्य समारोहका बिच सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित समारोहमा प्रदेश नं. २ बाट भर्खरै राष्ट्रिय सभा सदस्यमा निर्वाचित पासवानलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । सम्मानित हुदै पासवानले दलित अधिकारका सवालहरुलाई सुक्ष्म तरिकाले अनुसन्धान गरी सदनमा उठाउने र समाधान बिन्दुहरु पनि पहिल्याउदै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सोही समारोहमा पासवान जातिबाट अधिकृत भई सुथौली भन्सारका कार्यालय प्रमुखको रुपमा कार्यरत्त तिर्थराज पासवानलाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा भएकाे समारोहमा अधिवक्ता प्रेम शंकर हजारी, मुक्ति समाज बाराका नेता राजदेव पासवान, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, दलि संघ पर्साका सचिव धिरज पासवान, कृषि सहकारी संघका प्रबन्धक बिजय पासवान, दलित नेटवर्कका अध्यक्ष रुपनारायण पासवान, स्वजातिय अगुवा रामेश्वर पासवान लगायतले मनतव्य व्यक्त गरेका थिए भने स्वागत मनतव्य संघका सह–सचिव शम्भु पासवान र संचालन सचिव रबिभुषण पासवानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here