बारा, २७ फाल्गुण ।
प्रेस लेखेको मोटरसाइकलबाट लागू औषधीको तस्करी गर्दै आइरहेका बीरगंज महानगरपालिका वडा नं १५ बस्ने ३० वर्षिय जीतेन्द्र सिंहलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

उनलाई ९ सय थान लागूऔषधसहित पक्राउ गरेको हो । उनीसंगै भारत बिहार बस्ने २२ वर्षीय नासिर आलम पनि पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय सिमराले प्रेस लेखेको मोटरसाइकलबाट लागूऔषधसहित उनीहरु दुबै जनालाई पक्राउ गरेको हो । खास गरि पत्रकारहरुले आफ्ना सवारी साधनमा प्रेस लेखेर हिड्ने प्रचलन रहेको छ ।

प्रेस लेखिएका सवारी साधनहरुनै गैर कानूनी कामा प्रयोग भएको पाइएपछि ५ वर्ष पहिला नेपाल पत्रकार महासंघ पर्सा शाखाले आफना सवारी साधनमा लेखिएको प्रेस मेटन आफना सदस्यहरुलाई निर्देशन दिएको थियो ।

प्रहरीले उनिहरुबाट ३ सय थान डाईजोपाम, ३ सय थान पिस–नुफिन र ३ सय थान फेनारगन बरामत गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीको कमाण्डमा चेकजाँचको क्रममा खटिएको टोलीले शंका लागेपछि चेकगर्दा पक्राउ गरेको हो । उनहरुलाई सीमरा नेपाल विद्युत प्राधिकरण अगाडी गल्लीबाटो हुँदै लगीरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सिहंले ना ६२ प ६२६७ नम्बरको प्रेस लेखेको मोटरसाईकलमा लागूऔषध विरगञ्जबाट पथलैयातिर लगिरहेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई कानुन बमोजीम कारवाहि गरिने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here