बिश्वब्यापी महामारीका रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाईरसबाट बच्नका लागि नेपाल मुस्लिम आयोगहरुले बिशेष सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।

नेपाली जामे मस्जिदका मुफती र कासमिरी मस्जिदका मुफती मुस्लिम आयोगको अध्यक्षतामा बिभिन्न मस्जिदमा नमाज पढ्नेबेला धेरै भिडाभाडमा नमाज नपढनु आफनो घर घरमा नमाज पढनु र मदरसाको बालबालिका लाई राम्रो संघ सरसफाइमा ध्यान दिलाउनु यस्तो निर्णय गरेका हुन् ।

छिमेकी मुलुक भारतमा समेत कोरोना भाईरसको संक्रमण देखा परिसकेको अवस्थामा भारतसँग खुला सिमाना जोडिएको नेपाल समेत संक्रमणको जोखिम उच्च हुने भएकाले समयमै सचेतना अपनाउने निर्णय भएको बैठकमा सहभागी नेपाली जामे मस्जिदका मुफती र कासमिरी मस्जिदका एमाम र मुस्लिम आयोगको अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो ।

बिशेषगरी भारतसँग सिमाना जोडिएका मुस्लिम बस्तीहरुलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको मुस्लिम आयोग को अध्यक्षले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here