काठमाडौं, १६ चैत । विगत केही महिनादेखि विश्वभर फैलिइरहेको कोरोना भाइरस रोकथाममा दिनरात खटेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि जोखिममुक्त स्वास्थ्य सामग्री र जीवन बीमाको व्यवस्था गर्न पूर्वगृहराज्यमन्त्री मो.रिजवान अन्सारीले माग गरेका छन् ।

अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले आइतबार एक विज्ञप्ति जारी गरी नौ बुँदे मागसहित यस्तो माग गरेको हो ।

महामारीको संभावित संक्रमण रोक्नका लागि सरकारका तर्फबाट ढिलै भए पनि गरिएको लकडाउनको अध्यक्ष अन्सारीले स्वागतसमेत गरेका छन् ।

‘तर विना पूर्वतयारी गरिएको लकडाउनको सन्दर्भमा दैनिक ज्याला मजदुरी गरी खाने निरिह, निमुखा गरिब आम जनताको जीवनयापनसँग सम्बन्धित आधारभूत आवश्यकताको परिपूर्तिमा सरकारको तर्फबाट भएको कमी–कमजोरी र ढिलासुस्तीका कारण विभिन्न ठाउँमा मान्छेहरू धेरै कठिन स्थितिसँग जुध्नुपर्ने अवस्था सृजना भएको हुँदा हामीलाई गम्भीर दुःखी तुल्याइको छ ।’ अन्सारीले विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तो संकटपूर्ण घडीमा सरकारको ध्यान आकर्षण गराउँदै, अबिलम्ब राहत–उद्धारको कार्य सुचारु गर्न सरकारसँग माग गर्नुका साथै सरकारका तर्फबाट जारि लकडाउन अवज्ञा नगर्न र सरकारका तर्फबाट हुने राहत(उद्धार कार्यमा सहयोग समर्थन गर्न सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायलाई आह्वान गरेका छन् ।

साथै, दैनिक रूपमा श्रम गरी खाने श्रमिक(मजदुरलाई दैनिक खाद्यान्न लगायतको व्यवस्था गर्नुपर्ने, ज्यामी, ज्यालादारी मजदुरको हकमा दैनिक राहत भत्ता तथा विशेष प्याकेज व्यवस्था गर्नुपर्ने, उपभोक्ताका लागि खाद्यान्न, ग्यासलगायत एन्टीसेफ्टिक सामग्रीको सुलभ व्यवस्था गर्नुपर्ने, परिस्थितिवश बिरामी पर्नेहरूको हकमा औषधि उपचारको व्यवस्था सरकारको तर्फबाट हुनुपर्ने र कोरोना पूर्णतः नियन्त्रण गर्न स्थानीय निकायहरूमा स्वास्थ्य जांच र उपचारको व्यवस्था गर्नुपर्ने माग पूर्वगृह राज्यमन्त्री अन्सारीले गरेका छन् ।

यसैगरी, लगडाउनको अवज्ञा गर्नेलाई कानुनी राज्यको मान्यताअनुसार आवश्यक कानुनी कारवाही गर्नुपर्ने, तर प्रहरीहरूद्वारा गैरकानुनी रूपमा मान्छेहरूमाथि गरिएको अपमान र ज्यादतीको अन्त हुनुपर्ने, संकट निवारणार्थ प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने दलहरूको केन्द्रमा सर्वदलिय समिति गठन गर्नुपर्ने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको हकमा जोखिममुक्त स्वास्थ्य(सामग्री र जीवन बिमाको व्यवस्था हुनुपर्ने र विदेशमा रहेका नेपालीहरू फर्कन चाहेमा आवश्यक समन्वय र तजबिज तथा फर्केपछि अनिवार्य स्वास्थ्य परिक्षण र क्वारेनटाइनको व्यवस्था गनुपर्ने माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here