कोरोना संक्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गर्दै सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ ।

कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगठन गरी जिल्ला अदालत सिरहाको आदेश बमोजिम उनीहरुलाई रिहा गरिएको हो । 
अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडिएको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिइन् ।

कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम तिराएर छाड्न अदालतले आदेश दिएको हो ।

कूल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिलासहित ५५१ कैदीबन्दी बस्दै आएका छन् ।

एक जनामा सङ्क्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई विगत एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिएको र कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराइरहेको जेलर महतोले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here