राम प्रघट कोरी
चैत्र २४ – विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं. १ गुगौलीका आगलागी पिडितहरुलाई हाल अर्थात सोमवारसम्म विभिन्न सरकारी, गैर सरकारी संघ संस्था, राजनीतिक दलहरु अत्याश्यक खाद्यान्न तथा सामग्रीहरु राहत स्वरुप वितरण गरेका छन् ।
गएको २१ गते शुक्रवार अपरह्न ४ बजे आगो लाग्दा खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको थियो । यस दैविक प्रकोपमा सहयोग गरी विभिन्न संघसंस्थाहरु लगायत बधाईका पात्र बनेका छन् । यसरी चौतर्फी सहयोग गरेकाले आगलागी पिडितहरुले दाताहरुलाई धन्यावद दिएका छन् ।
राहत स्वरुप खाद्यान्न तथा दैनिक प्रयोगमा आउने अत्यावश्यक सामग्रीको । विस्तृत रुपमा विवरण यस प्रकार छन् ।

१) विजयनगर गाउँपालिका – प्रतिघरपरिवालाई ५ हजार बराबरको खाद्यान्न । ५० किलो चामल, ५ किलो आलु, तेल, चियापत्ति चिनी र मरमसला ।
२) विरेन्द्र कनोडिया व्यक्तिगत – ९ घरपरिवालाई मात्र । २५ किलो चामल, २ किलो, २ किलो दाल, २ किलो आलु १ किले नुन ।
३) नेपाल तरुणदल कपिलवस्तु – १० किलो चामल, ५ किलो चिउरा नुन, तेल ।
४)नेपाल रेडक्रस सोसाइटी शाखा कपिलवस्तु – २ कम्बल, १ त्रिपाल, बाल्टी डाडु, भाँडा र डे«स ।
५) सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपाल –घरपरिवारलाई राहत स्वरुप दैनिक प्रयोगमा आउने कम्बल, किचन कीट, डाइजिनिटी कीट, हाइजिन कीट भाँडाकुडा लगायत सामग्री ।
६) रोट्ररी क्लब डाउनटाउन बुटवल – १ सय ५० किलो चामल, सिरक, डस्ना ।
७) कामना सेवा विकास बैंक चन्द्रौटा शाखा – सिरक, डस्ना, सिरानी, ओछ्यान, च्यादर लगायतका दैनिक प्रयोगमा आउने सामग्री ।
८)जनमोर्चा कपिलवस्तु – रु. ५ सय नगद, २ कटौरा, १ साबुन ।
९ प्रदेश सभा सदस्य अर्जन कुमार केसी – प्रति घरपरिवारलाई ४० हजार बराबरको टीन दिने निर्णय भएको जानकारी ।

यस संकटको घडीमा विभिन्न संघ संस्थाहरुको चेहरा देखिए, सक्दो सहयोग पनि नगरेका होइनन् मुख्य पात्रको भुमिको निर्वाह गरेका छन् । यसरी राहत वितरण गरिरहँदा गर्भवति, सुत्केरी महिला र बालबालिकाहरुलाई ध्यान जना सकेको छैन । गर्भवति र सुत्केरी महिलालाई पौष्टिक आहार आवश्यकता पनि निकै देखिन्छ ।
गर्भवति र सुत्केरी महिलाहरुका लागि गाउँपालिका स्वास्थ्य शाखाले सहयोग गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ । यता लिलावती भरले छुट्टै पिडा व्यक्त गरेकी छन् । उनले श्री सम्पत्ति जलेर नष्ट भयो यस्तो अवस्थामा गर्भवति महिलाका लागि आवश्यक पौष्टिक आहार र पोसिलो खानासमेत नभएको बताईन ।
अर्को तिर बालबालिकाहरुको किताब, कापी, कलम ,चप्पल र डे«स लगायत सम्पूर्ण समान जलेको हुँदा अध्ययन कसरी गर्ने कक्षा ५ की शिवमति यादवले दुख व्यक्त गरिन् । उनले दुख व्यक्त गर्दै आगामी दिनमा शैक्षिक अध्ययनलाई सहज गर्न सहयोगको आपेक्षा गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here