प्रदेश नम्बर १ को उदयपुर र प्रदेश नम्बर २ को वीरगञ्जमा छिमेकी राष्टबाट आएका जामाती(धर्म गुरु) हरुमा कोभिड १९ संक्रमण देखिएपछि नेपालभरीकै मुस्लिम समुदायमाथिनै अनेक खालमा आरोप लागिरहेको बिषयमा आरोप राष्ट्रिय मुस्लिम आयोगले केन्द्रिय तह र स्थानीय तहमा अनुगमन समिति गठन गर्ने भएको छ ।

राष्ट्रिय मुस्लिम आयोगको कार्यालय जारी बैंठले समिति गठन गर्ने र भोलिबाटै बढी मुस्लिम समुदाय बसोबास गर्ने जिल्लाहरुमा प्रभावकारी अनुगमन गरि सत्य तथ्य बाहिर ल्याउने बैंठकमा सहभागीमा रहेको पूर्व मन्त्री जाकिर हुसैन, आयोगका अध्यक्षले बताए ।

उनका अनुसार पछिल्ला केही दिनहरुमा मुस्लिम समुदायमाथि नै अनेक खालका आरोप लगाउदै समाजिक संञ्जाल र केही मिडियाहरुमा नाकरात्मक टिका टिप्पणी भईरहेको प्रति बैंठकमा सहभागी अधिकांश सदस्यहरुले आपत्ति जनाएका छन् ।

आज बन्ने केन्द्रिय तहको अनुगमन टोलीले संघीय सरकारका गृहमन्त्रीलाई एक ज्ञापन पत्र बुझाएर बिषेश गरि समाजिक सञ्जालमा भईरहेका नकरात्मक टिकाटिप्पणीलाई तत्काल बन्द गर्न माग गरिने उनले बताए ।

उनका अनुसार अनुगमन समितिले बढी मुस्लिम समुदाय बसोबास गर्ने जिल्लाका गााँउ गाँउमा रहेका मस्जिद र मर्दसाको अनुगमन गर्ने,जमातीहरुको २ दिन भित्रमा तथ्यांक लिने,वहाँहरुलाई सुरक्षित स्थानमा राख्ने, कतिपय स्थानमा अहिले पनि सामूहिक कार्यक्रम भईरहेको सूचना आएकाले त्यस्ता कार्यक्रम हाललाई रोक्न लगायतका कार्य गर्ने अध्यक्षले बताए ।

त्यसका लागि संघीय गृहमन्त्रालयबाट आवश्यक सहयोग लिएर स्थानीय तहमा प्रमुख जिल्ला अधिकारी मार्फत अनुगमनको कार्य गर्ने अध्यक्षले बताए ।

एक महिना पछि मुस्लिम समुदायहरुको रमजान शुरु हुन लागेको र रमजानमा एकै स्थानमा २ देखि ३ सय सम्म भेला भएर धार्मिक कार्यक्रम गरिने हुँदा त्यसलाई हाललाई रोक्नका लागि पनि केन्द्रिय तथा स्थानीय तहमा बन्ने अनुगमन समितिलाई अधिकार दिने निर्णय पनि बैंठकले गर्ने अध्यक्षले बताए ।
नेपाल मुस्लिम आयोगको कार्यालय परिसरमा चलिरहेको बैंठकमा आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्य मोहन अन्सारी,र पूर्व संसाद शेखचन्द्र तारा लगायत बिभिन्न राजनितिक दलमा आवद्ध मुस्लिम संघ संगठनका केन्द्रिय नेता जमातीका नेता लगायतको सहभागीता रहेको थियो अध्यक्षलेे बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here