रौतहट ८ बैशाख । बिश्व ब्यापी महामारी कोरोना भाईरस ( कोभिड १९ ) न्यूउनीकरणका लागि लकडाउन पीडितहरुलाई सरकारले राहत बितरण गरिरहेको बेला रौतहटको बौद्धिमाई नगरपालिकाको जन्ताहरू अहिले सम्म राहतप्याकेज पाउनबाट बन्चित रहेको नेपाली कांग्रेसका युवा नेता राजन बाबुले आरोप लगाएका छन ।
प्रदेश र राज्य द्वारा नै सामाजिक बहिष्करणमा पारिएका कारण लकडाउनका बेला पनि पछाडी पारिए पछि अझै राहत पाउनबाट बन्चित भएका हुन नेपाली कांग्रेसको युवा नेता राजन बाबु जैसवालको आरोप ।
नगरपालिकाले राहत नगराउदा जहान पाल्न चिन्ताले पिरोल्न थालेको रौतहटको बौद्धिमाइ नगरपालिका ९ वटै वडाका जन्ता राहत बाट बन्चित रहेको युवा नेता जैसवालले बताए ।
त्यस्तै लकडाउनको समयमा जनताहरु राहत नपाए पछि साँझ बिहान चूलोमा आगो न जले पछि बालबच्चा भोकभोकै बस्नु पर्ने अवस्था सिर्जना भए पछि राज्यले तुरन्त राहत सामग्री उपलब्ध गराउनु पर्ने सोही ठाँउका स्थानीयले गुनासो गरेका छन ।
सो नगरपालिका जनताहरू भने आफूहरु राहत नपाए पछि लकडाउनको मारमा परेपछि नगरका पुरुष र महिलाहरू भुक भुकै कष्टकर जीवन यापन गर्न थालेको हुदा नेपाल सरकारले तत्काल राहत उपलब्ध गराउनु पर्ने माँग समेत गरिरेहा का छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here