रौतहट-मुस्लिम समुदायको आह्वानमा नेपाली सुरक्षा निकायका अधिकारी तथा स्थानीय प्रशासन ले यस्तो बिपतको बेला पनि समय निकालेर मुस्लिम आयोग अध्यक्षले मस्जिद तथा मदरसा अनुगमन गरिएकोमा 🇳🇵सामाज सेवी मन्जर आलम🇳🇵र हाम्रो समाज अभारी तथा हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै देशभरि रहेका मस्जिद तथा मदरसाहरुलाई अनुगमन गरिदिनुु भएकोमा हार्दिक शुभकामना दिदै छु ।मुस्लिम समाजसेवी , मदरसा प्रतिनिधि , मस्जिद प्रतिनिधि , मुस्लिम समाजिक संस्था तथा मुस्लिम आयोग ले निरन्तर नेपाल सरकार , प्रदेश सरकार , स्थानीय सरकार , सुरक्षा निकाय तथा स्थानीय प्रशासन लाई आवश्यक जानकारी , सहयोग तथा समन्वय गरिरहेको कार्यको प्रसंशा र सकारात्मक भन्नुको सट्टा केही व्यक्ति , पत्रकार तथा मिडिया का साथीहरू असामाजिक शब्दावली प्रयोग गरेर समाजिक भाइचारा लाई आँच आउने समाचार सम्प्रेषण गरेको पाइएको छ समाज सेवी मनजर आलमले बताए । हामी नेपाली सबै समुदाय एकअर्काको चाड , पर्व , विवाह , भोजभतेर लगायत अन्य विभिन्न किसिमको समारोह मा संगै हुन्छौं अर्थात हामी नेपालीको समाजिक भाइचारा फिल्मको नाटकमा नभई असल जिन्दगीमा हुन्छौ तर आजकल केहि दिन देखि हामी आफ्नो वरिपरिको वास्तविकता लाई नहेरी समाजमा नफरत फैलाउने मिडिया तथा न्युज टिभी को भ्रामक तथ्य माथी विश्वास गर्न लागी परेका छौं यसप्रति हामी सचेत बनौं । हाम्रो नेपालीपन कायम राखौ अरुको नक्कल नगरौं मन्जर आलमको अपिल।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here