मस्जिद मदरसा अनुगमन गर्न मुस्लिम आयोगले गठन गरेका जिल्लास्तरीय अनुगमन समितिहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

जोखिमयुक्त क्षेत्रहरुमा अनुगमन गर्न जाँदा स्वास्थ्य सामग्री आवश्यक पर्ने भन्दै ४० जिल्लामा गठित समितिलाई सामग्री हस्तान्तरण गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । आयोगले ती जिल्लाहरुमा एन–९५ मास्क,पञ्जा,स्यानिटाइजर,हृयान्ड वास लगायतका सामग्री प्रदान गरेको हो । आयोगले मस्जिद,मदरजासमा हुने भेला एवं आएका जमातीहरुको विवरण संकल तथा उनीहरुको अवस्थाबारे बुझ्‍नका लागि अनुगमन समिति गठन गरेको थियो ।

अनुगमन समितिकै पहलमा जिल्लाहरुमा भएका मस्जिद तथा मदरासमा बसेकाहरुको स्वास्थ्य परीक्षण गरिएको आयोगका अध्यक्ष अन्सारीले बताए । समितिले रमजानमा मस्जिदहरुमा भीडहरु हुन नदिनका लागि काम गरिरहेको पनि उनले बताए ।

यस्तै, आयोगले सरकारले आवश्यक परेको खण्डमा मदरसा तथा मस्जिदहरुलाई क्‍वारेन्टाइनका लागि भवन उपलब्ध गराउन पनि तयार भएको जनाएको छ ।

यसैबीच आयोगका अध्यक्ष अन्सारीको पहमा रमजान मनाउन कठिनाइ भएका झापा, सुनसरी, सिराहा, सप्तरी, पर्सार् र तनहुँ,कपिलवस्तु,रुपन्देही लगायतका जिल्लाहरुका राहत खरिद गर्नका लागि ३० हजारको दर आर्थिक सहायता रकम पठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here